अमेरिकामा अग्नि नियन्त्रक सङ्घर्षमा, युक्रेनले सहयोग गर्ने « Khabarhub

अमेरिकामा अग्नि नियन्त्रक सङ्घर्षमा, युक्रेनले सहयोग गर्ने


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – लस एन्जलसमा ६ दिनदेखि लागेको आगोका कारण अग्नि नियन्त्रक समस्याको सामना गरिरहेको छन्। लगातार चलेको हुरीका कारण उनीहरूको समस्या अझ थपिएको हो। आइतबारदेखि सान्टा आनामा हुरी चलेको छ। सो हुरी बुधबारसम्मचल्ने छ।

पालिसेड र इटनमा आगो केही नियन्त्रणमा आएको छ। यो अहिले सहरको उल्टो दिशामा चलिरहेको छ।

स्थानीय अग्नि नियन्त्रकलाई मेक्सिको र क्यानडाका अग्नि नियन्त्रकले साथ दिइरहेका छन्। उनीहरूलाई युक्रेनी अग्नि नियन्त्रकले पनि साथ दिने जनाइएको छ।

राष्ट्रपति भालाडोमिर जेलेन्सकीले १५० अग्नि नियन्त्रक पठाएर सहयोग गर्ने जनाएका हुन्। जेलेन्सकीले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने कार्यक्रम थियो। अहिले क्यालिफोर्नियामा लागेको आगोको कारण सो भेटवार्ता स्थगित भएको हो।

आइतबार भएको पत्रकार सम्मेलनमा २४ जनाको ज्यान गएको तथा १६ जना अझै हराइएको जनाइएको छ। पालिसेडमा २३ हजार आर्कमा आगो लागेको हो। यसैगरी, इटनमा १४ हजार आर्क तथा रस्टमा ७९९ आर्कमा आगो लागेको हो। अहिले १ लाख ५ हजार जना अझै घर बाहिर रहेका छन्।

९३१ जना स्वयं सेवक तथा अग्नि नियन्त्रक ६ दिनदेखि सक्रिय थिए। अहिले यो सङ्ख्या १४ सय पुगिसकेको छ। उनीहरू आइतबार साँझ सेन्ट एनिटा डोनेसन सेन्टर जम्मा भएका छन्।

बुधबारदेखि त्यहाँ अझ हुरीको बेग बढ्न सक्नेछ। यसले उनीहरूको कामलाई अझ कठिन बनाउन सक्नेछ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ७ : ३१ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि