‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’ « Khabarhub

‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले पुरातात्विकस्थलको संरक्षण राज्यको दायित्व भएको बताएका छन् ।

आज बिहान भरतपुर महानगरपालिका–१ मा रहेको बागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको अवलोकन निरीक्षणपछि उनले प्राकृतिक तथा पुरातात्विकस्थलहरुको संरक्षण गर्न सकेमा मात्रै नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्न सकिने बताए ।

उनले भने, ‘पुरातात्विक वस्तुको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ, सोही अनुसार पुरातात्विकस्थलको निरीक्षण अनुगमन गरिरहेका छौँ ।’ उनले त्यस अवसरमा सोही स्थानमा रहेको प्राकृतिक चिकित्सालय, समावेशी गुरुकुल र गौशालाको निरीक्षण गरेका थिए ।

आश्रमका अध्यक्ष शैलेन्द्र पिया र महासचिव अशोक पोखरेलले आश्रमसहितका विभिन्न संरचनाबारे जानकारी गराएका थिए ।

उनीहरुले आश्रमका लागि प्रदेश सरकारले सहयोग गरे अझै व्यवस्थित बनाउँदै लैजान सहज हुने बताए । अनुगमनका क्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवाल, बागमती प्रदेशका सदस्यहरु उत्तम जोशी, गीता गुरुङलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ११ : ४५ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने