माओवादीले बोलायो पदाधिकारी बैठक, नेताहरूको कार्यविभाजन हुने « Khabarhub

माओवादीले बोलायो पदाधिकारी बैठक, नेताहरूको कार्यविभाजन हुने


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रले बुधबार बस्ने गरी पदाधिकारी बैठक बोलाएको छ । माओवादी केन्द्रका सचिव राम कार्कीका अनुसार बुधबार बिहान ८ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा नेताहरूको क्षेत्रगत, भूगोल र विभिन्न विभागहरूमा कार्य विभाजन गर्ने एजेन्डा छ । ‘सबै एजेन्डा त थाहा छैन । तर नेताहरूको कार्य विभाजन छ भनेर बुझेको छु,’ कार्कीले खबरहबलाई भने, ‘पार्टी रूपान्तरण भएर जानुपर्ने भएकाले क्षमता र योग्यताअनुसार कार्यविभाजन गर्नुपर्ने छ । त्यसैमा छलफल हुन्छ ।’

यसअगाडि पुस २१ गतेदेखि ३ दिनसम्म माओवादीले केन्द्रीय कमिटी बैठक राखेको थियो । उक्त बैठकमा पूर्व उपराष्ट्रपति नन्द्रबहादुर पुन ‘पासाङ’ पनि उपस्थित थिए ।

उनलाई माओवादीले पुनःपार्टी राजनीतिमा फर्काउने कोसिस गरेको छ । उनलाई उपाध्यक्ष दिएर सक्रिय गराउने गरी छलफल चलिरहेको छ । तर केही नेताहरूले देशको सम्मानित पदमा पुगेको व्यक्ति राजनीतिमा आउन नहुने भनेर विरोध पनि गरिरहेका छन् ।

कतिपय नेताहरूले केन्द्रीय कमिटी बैठकमा उनलाई राजनीतिमा ल्याएमा सम्मानित पदको मर्यादा खस्किने भन्दै अभिभावक बन्न सुझाव दिएका थिए । तर अध्यक्ष प्रचण्ड माओवादी लडाकुका पूर्वकमान्डर पुनलाई राजनीतिमा ल्याउने योजनामै देखिन्छन ।

यस पटक कार्य विभाजन गर्दा प्रचण्डले पुनलाई जिम्मेवारीमा ल्याउन सक्ने बताइएको छ ।

यता अखिल क्रान्तिकारीको राजनीतिबाट बिदा भएका नेताहरूलाई पनि क्षमताअनुसार जिम्मेवारी दिन माओवादीभित्र आवाज उठिरहेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै