मोर्चा बनाउने दिशामा मधेसकेन्द्रित दल, कार्यदलको पहिलो बैठक बस्दै « Khabarhub

मोर्चा बनाउने दिशामा मधेसकेन्द्रित दल, कार्यदलको पहिलो बैठक बस्दै


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तराई-मधेसकेन्द्रित दलहरूले मोर्चा गठन तयारीलाई तीव्र बनाएका छन् ।

संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने र बाहिर रहेका तराई-मधेसकेन्द्रित दलहरूले मोर्चा गठन गर्ने तयारीसहित कार्यदल बैठक राख्न लागेका हुन् ।

यी दलको कार्यदलको पहिलो बैठक मंगलबार बिहान १० बजे समर्पण एकडेमी, धुम्बाराहीमा बस्ने भएको छ ।

बैठकमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट रेणु यादव र मोहम्मद इस्तियाक राई सहभागी हुने छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट राजकिशोर यादव सहभागी हुनेछन् ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल र सुरेन्द्र झा सहभागी रहने छन । डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट अब्दुल खान र शरद यादव सहभागी हुने भएका छन् ।

त्यसैगरी, संसद बाहिरका दलहरूमध्ये जन प्रगतिशील पार्टीबाट शिवजी यादव तथा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा भाग लिने भउका छन् । तराई-मधेस लोकतान्त्रिक पार्टीबाट वृषेश चन्द लाल उपस्थित हुनेछन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  २ : ४४ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री