लेखराजको गुनासो-ओली नै आतंककारी भन्नु हुन्छ, एमाले नेतामा अहंकार छ (अडियोसहित) « Khabarhub

लेखराजको गुनासो-ओली नै आतंककारी भन्नु हुन्छ, एमाले नेतामा अहंकार छ (अडियोसहित)


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही पुस २१ गतेदेखि तीन दिनसम्म चलेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा सहभागी भइरहेकै बेला सचिव लेखराज भट्टले पार्टी छाडेको समाचार भाइरल भयो ।

पूर्वसचिव भीम उपाध्यायले उक्त समाचार भाइरल बनाइरहँदा सचिव भट्ट एमाले केन्द्रीय कार्यालय च्यासलस्थित मञ्चको दोस्रो लहरमा थिए । अर्थात्, मञ्चको अघिल्लो लहरमा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष र महासचिवसहित रहँदा पछिल्लो लहरमा सचिवसहितका नेताहरूसँगै भट्ट पनि थिए ।

पुस २३ गते मंगलबार भट्टले एमाले छाडेको अफवाह फैलिनुअघि उनकै गृहनगर कैलालीको गोदावरी नगरपालिकाको एकै वडाका ४६ जना संगठित सदस्यहरूले पार्टी परित्याग गरेको विज्ञप्ति नेकपा माओवादी केन्द्रको ह्वाट्सएप ग्रुपमा हालियो ।

तर त्यसको एक दिन नबित्दै एमाले छाडेका भनिएकामध्ये २८ जनाले अर्को विज्ञप्ति निकालेर अघिल्लो दिनको विज्ञप्तिलाई अफवाहको संज्ञा दिए । आफूहरू एमाले सचिव लेखराजसँगै रहेको जवाफ उनीहरूले दिएका थिए ।

कार्यकर्ताले एमाले छाडेको र नछाडेको चर्चाबीच पुस २३ गते लेखराजकै समाचार आइरहँदा पूर्वमाओवादीहरूले च्यासलमा आफूहरू हेपिएको महसुस भएको बताएका थिए । पहिलो पटक व्यक्तिगत रुपमा केन्द्रीय कमिटीमा धारणा राख्न पाउँदा पूर्वमाओवादीहरूले सम्मानपूर्ण व्यवहार नभएको, पूर्वमाओवादी भनेर हेपिएकोसहितका गुनासो बैठकमै राखेका थिए ।

एमाले अध्यक्ष ओलीसँग सचिव लेखराज भट्ट ।

पुस तेस्रो सातादेखि चलिरहेका यी विवाद र अफवाहबीच अहिले उनै एमाले सचिव भट्टकै निवासको एउटा भिडियो बाहिरिएको छ । जसमा भट्टले माओवादीमा हुँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लडेकोदेखि अहिले एमालेमा रहे अध्यक्ष केपी ओलीसँग लड्न नसकेको कुरा कार्यकर्तासँग गरेका छन् ।

कैलालीको अत्तरियास्थित आफ्नै निवासमा एमालेमा रहेका पूर्वमाओवादी नेता तथा कार्यकर्ताहरूसँगको कुराकानीमा उनले आफ्ना अप्ठेरा सुनाएका हुन् ।

भट्टले कार्यकर्ताहरूसँगको अनौपचारिक संवादका क्रममा एमाले अध्यक्ष ओलीसहितका नेताहरूमा अहंकार रहेको गुनासो पनि गरेका छन् ।

लेखराजको उक्त संवादलाई उनको निवासमा पुगेका एकजनाले मोबाइल फोन लुकाएर खिचेपछि सार्वजनिक गरिदिएका हुन् । लेखराज बोलेको अडियोसहितको उक्त भिडियो अहिले फेसबुक म्यासेन्जरमा भाइरल भइरहेको छ ।

एमाले बैठक भर्खरै सकिएकाले यो भिडियो ताजा नै रहेको अनुमान गर्न सकिन्छ । एमाले बैठकमा पनि माओवादीबाट आएकाहरूले हेपिएको महसुस गर्नुपरेको गुनासो गरेको सन्दर्भलाई हेर्दा यो भिडियो केही दिनअघिको हुन सक्ने अनुमान गर्न सकिन्छ । तर, २ मिनेट ६ सेकेन्डको यस अडियोको आधिकारिकता पुष्टि भइसकेको छैन ।

एमाले बैठक : मञ्चको दोस्रो लहरमा सचिव लेखराज भट्ट ।

के भने लेखराजले ?

…को अध्यक्षका लागि कुरा त गरेकै हो, रिपोर्ट पनि गरिएकै हो । तर नेतृत्वले त्यसलाई गम्भीरतापूर्वक लिएन । यो समस्या हामीमा छ । मलाई के हो त भन्दा प्रचण्डसँग जुधेको जस्तो म अहिले केपीसँग जुध्न सक्दिनँ । किन भने त्यहाँ लडेर आइएको छ, यहाँ केपी भनिएको छ, नेतृत्व स्वीकारिएको छ । अहिल्यै लड्ने कुरा भोलि नेतृत्वले त्यसलाई नेगेटिभ लिँदा समस्या हुन्छ ।

हाम्रो (एमालेमा) त म भन्ने छ नि त अहंकार नेताहरूमा म । मार्कसिजम भन्छ नि म भनेर । मबाहेक रहने छैन भनिन्छ । मेरो के हुन्छ भने या त मैले अन्य पार्टी खोल्नुपर्छ कि त सन्यास लिनुपर्छ । अहिले नै केपीसँग जुध्ने हो भने त समस्या आइहाल्छ, अहिले बेलै भएको छैन। भर्खर हामी आएका हौँ, उहाँले हामीलाई राम्रोसँग बुझ्नु भएको छैन । तर हामीले त बुझिसकेका छौँ । उहाँहरूले हामीलाई बुझ्नु भएको छैन । अहिले टोपबहादुर भित्र पस्नु भयो । खासगरी के भन्ने जिम्मेवार मान्छेले लेख्या लेख्यै छन् । म ठूलै अपराध गरेर यहाँ बस्न आए जस्तो लेखिरहन्छन् । (अर्का व्यक्तिले पृष्ठभूमिमा भने-शेरबहादुर तामाङ बोलिरहेका छन् ।)

कहिले अध्यक्ष मञ्चमा हामी छौँ, आतंककारी भनिदिनुहुन्छ हामीलाई । अपराधी र हत्यारा भनिदिनु हुन्छ हामीलाई । तर हामी अहिले पनि गर्व गर्छौँ । जनयुद्ध नभएको भए आज केपी शर्मा ओलीले पनि त्यसरी बोल्न सक्नु हुन्नथ्यो । त्यो ठाउँ उहाँले पाउनु हुन्थेन ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ४ : ०० बजे

बजेट अभावमा विद्यालय भवन अधुरो, टिनले बारिएको कोठामा पढ्दै विद्यार्थी

पर्वत– दक्षिण यहाँको बिहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको