झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउनु अलोकतान्त्रिक : महासचिव गुरुङ  « Khabarhub

झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउनु अलोकतान्त्रिक : महासचिव गुरुङ 


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारले ल्याउन लागेको अध्यादेशको विरोध जनाएका छन् । 

उनले संसद्को झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउने अलोकतान्त्रिक कदम बन्द गर्नुपर्ने समेत ध्यानाकर्षण गराए । 

उनले सोमबार ओली नेतृत्वको कंग्रेस–एमाले सरकारले संसद् छलेर अध्यादेश मार्फत केही नेपाल ऐन संशोधन गरी शासन चलाउने अलोकतान्त्रिक मार्ग तर्फ लागिरहेको आरोप लगाए ।  

संसद्को हिउँदे अधिवेशन बोलाउने समय भइसक्दा पनि अहिलेसम्म अधिवेशन आह्वान नगरेकोमा गुरुङले आपत्ति समेत जनाउ । 

संसद्मा दर्जनौँ विधेयकहरू ४ महिना देखि दराजमा थन्किएका छन्। त्यसैले अविलम्ब सदन को हिउँदे अधिवेशन आह्वान गरियोस्। गुरुङले भने, ‘जे जति ऐन कानुन निर्माण वा संशोधन गर्नु पर्ने छ, ती सबै सदन को लोकतान्त्रिक विधिबाट अगाडि बढाइयोस्। संसद्को झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउने अलोकतान्त्रिक कदम बन्द गरियोस्।’

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ५ : १३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर