टोकियो– जापामा सोमबार राति शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरिसकेका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै राति ९ बजेर १९ मिनेटमा भूकम्प गएपछि एक मिटर (तीन फिट) सम्मको सुनामीको छाल आउनसक्ने जनाएकोछ ।
अमेरिकी भूगर्भ विभागले यो भूकम्पबारे सुरुवाती अनुमान ६.९ म्याग्निच्युडबाट घटाएर ६.८ गरेको छ। तर उसले भूकम्पबाट सुनामीको खतरा नभएको जनाएको छ ।
तर पनि जेएमएले जनतालाई तटीय क्षेबाट टाढा रहन आग्रह गरेको छ । एजेन्सीले एक्समा भनेको छ, ‘सुनामी बारम्बार आउन सक्छ । कृपया समुद्रमा नजानुहोस् वा तटीय क्षेत्रहरू नजिक नजानुहोस् ।’ रासस, एएफपी
प्रतिक्रिया