सरकारले कामको गति बढाउन जरूरी छः महामन्त्री शर्मा « Khabarhub

सरकारले कामको गति बढाउन जरूरी छः महामन्त्री शर्मा


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति बढाउन जरूरी रहेको बताएका छन् ।

गृहजिल्ला झापाको मेचीनगरमा आज पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा संसद्का दुई ठूला दल मिलेर बनाएको सरकारले परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिए ।

“यो सरकार अहिलेको आवश्यकता हो । प्रधानमन्त्रीमा केही गरौँ भन्ने भावना पनि छ । उहाँलाई बलियो बनाएर लैजाने हाम्रो चाहना पछि छ तर मन्त्री र प्रधानमन्त्रीले कामको गति बढाउन भने जरूरी छ”, महामन्त्री शर्माले भने ।

नेपालभित्र मात्र होइन, बाहिर पनि एउटा नेपाल रहेको चर्चा गर्दै महामन्त्री शर्माले बाहिरको नेपाललाई समेत गाँसेर एउटा समुन्नत नेपाल बनाउनुपर्नेमा जोड दिए । उनले गैरआवासीय नेपालीलाई नागरिकता दिइसकेपछि दश वर्षे प्रवेशाज्ञा ९भिसा० दिने व्यवस्था आवश्यक नरहेको बताएका छन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : २२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार