सरकारले कामको गति बढाउन जरूरी छः महामन्त्री शर्मा | Khabarhub Khabarhub

सरकारले कामको गति बढाउन जरूरी छः महामन्त्री शर्मा


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति बढाउन जरूरी रहेको बताएका छन् ।

गृहजिल्ला झापाको मेचीनगरमा आज पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा संसद्का दुई ठूला दल मिलेर बनाएको सरकारले परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिए ।

“यो सरकार अहिलेको आवश्यकता हो । प्रधानमन्त्रीमा केही गरौँ भन्ने भावना पनि छ । उहाँलाई बलियो बनाएर लैजाने हाम्रो चाहना पछि छ तर मन्त्री र प्रधानमन्त्रीले कामको गति बढाउन भने जरूरी छ”, महामन्त्री शर्माले भने ।

नेपालभित्र मात्र होइन, बाहिर पनि एउटा नेपाल रहेको चर्चा गर्दै महामन्त्री शर्माले बाहिरको नेपाललाई समेत गाँसेर एउटा समुन्नत नेपाल बनाउनुपर्नेमा जोड दिए । उनले गैरआवासीय नेपालीलाई नागरिकता दिइसकेपछि दश वर्षे प्रवेशाज्ञा ९भिसा० दिने व्यवस्था आवश्यक नरहेको बताएका छन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : २२ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि