गायक ढकालको बायोपिक हो फिल्म ‘मालती मङ्गले’ ? | Khabarhub Khabarhub

गायक ढकालको बायोपिक हो फिल्म ‘मालती मङ्गले’ ?


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक रामकृष्ण ढकालले फिल्म ‘मालती मङ्गले’ निर्माणको घोषणा गरेका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत फिल्म निर्माणबारे जानकारी दिएका हुन् ।

गायनमार्फत ख्याति कमाएका ढकाल फिल्मका लागि अपरिचित व्यक्ति होइनन् । उनको अभिनय रहेको फिल्म आशीर्वाद २०५८ सालमा प्रदर्शनमा आएको थियो ।

निर्माण घोषणा गर्दै ढकालले आफ्नो पहिलो फिल्मलाई स्मरण गरेका छन् । उनले भनेका छन्, ‘त्यो चलचित्र मेरो जीवनको अविस्मरणीय क्षणहरूमध्ये एक रह्यो । समय कति छिटो बित्दो रहेछ, आज त्यस क्षणलाई सम्झँदा २३ वर्ष बितिसकेको रहेछ !’

उनले यस फिल्ममा आफू निर्माताको भूमिकामा मात्रै रहने बताएका छन् ।

ढकालले आफ्नो संगीतिक यात्राको कथालाई फिल्ममा उतार्न लागेको संकेत गरेका छन् । उनले लेखेका छन्, ‘सङ्गीत मेरा निम्ति जीवन हो, र अहिले त्यो यात्रालाई चलचित्रमार्फत नयाँ रूप दिन लागिरहेको छु ।’

ढकालको बाल्यकाल सबैको चासोको विषय छ । उनले आफ्नो बाल्यकालबारे खुलेर कुरा गरेका छैनन् ।

फिल्मका कलाकार चयनको काम भने बाँकी रहेको बुझिएको छ । निकट भविष्यमा यसबारे जानकारी दिने उनले उल्लेख गरेका छन् ।

यो फिल्म रानी म्युजिक इन्टरनेशनल प्रा.लि. ब्यानरमा निर्माण हुनेछ । चलचित्रको निर्देशन प्रकु पाण्डे (प्रकाश) ले गर्नेछन् भने कार्यकारी निर्माताको रूपमा सागर ज्ञवाली रहनेछन् ।

ढकालले आफ्नो बाल्यकालदेखि संगीतमा सक्रिय छन् । उनले चार हजारभन्दा बढी गीतमा स्वर दिएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  १० : २९ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर २ गते मंगलबार। मंसिर

आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २ गते मंगलबार। मंसिर

भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका