३६ दिनमा फिल्म ‘सोल्टिनी’को छायाङ्कन पूरा « Khabarhub

३६ दिनमा फिल्म ‘सोल्टिनी’को छायाङ्कन पूरा


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रकाश सपुत र परीक्षा लिम्बू प्रमुख भूमिकामा रहेको फिल्म ‘सोल्टिनी’को छायाङ्कन पूरा भएको छ । ३६ दिनमा यस फिल्मको छायाङ्कन पूरा भएको हो ।

भोजपुरको अन्नपूर्ण गाउँमा यसकाे अन्तिम छायाङ्कन गरिएको हो । ‘इन्ड क्ल्याप‘ दृश्यमा कलाकारहरू परीक्षा, सब्बु गुरुङ, कविता आले, सुजाता गुरुङ र प्रेम सुब्बाले अभिनय गरेका थिए ।

निर्देशक अर्जुन सुवेदीका अनुसार यस फिल्मको छायाड्कन इलाम र भोजपुरका विभिन्न क्षेत्रमा गरिएको छ ।

फिल्मको छायाङ्कन पूर्वनिर्धारित समयमै सकिए सुवेदीको भनाइ छ । उनी थप्छन्, ‘सशक्त स्क्रिप्ट, अनुभवी कलाकार र कुशल प्राविधिक टिम थियो । छायाङ्कन स्थलको राम्रो अवलोकन गरेका थियौँ । समयमै छायाङ्कन सकिनुको कारण यिनै हुन् ।’

अबको केही दिनमै सम्पादनको काम सुरु हुने उनी बताउँछन् । यस फिल्मको प्रदर्शन मिति भने २०८२ साल असोज ३ गतेलाई तोकिएको छ ।

यस फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाजको कथा उठान गरेको बुझिएको छ ।

फिल्ममा प्रकाश र परीक्षासहित विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतको अभिनय रहेको छ । प्रकाश र परीक्षाको यो पहिलो सहकार्य हो ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ७ : ०२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा