बिहीबार भगवान विष्णुको पूजा | Khabarhub Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन १ गते बिहीबार माघ शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १३ तारिख। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ।

आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ५ : २३ बजे

काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा जाँदै रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित

धवलागिरीमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

पोखरा– म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा बस्दै

काठमाडौं– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्दै

गोधूली रनिङ कप फुटबल प्रतियोगिता- दर्शकले भरियो प्यारापिट 

सुनसरी– धरान रंगशालामा बिहीबार रातीदेखि अन्तरवडास्तरीय गोधूली रनिङ कप फुटबल

नारायणघाट- बुटवल सडक : पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र

नवलपुर– चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५