दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान त्रिकोणात्मक शृङ्खलाको फाइनलमा « Khabarhub

दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान त्रिकोणात्मक शृङ्खलाको फाइनलमा


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरेलु भूमिमा जारी त्रिकोणात्मक शृङ्खलामा पाकिस्तान फाइनलमा प्रवेश गरेको छ। पाकिस्तानले बुधबार भएको दिवा रात्रि खेलमा भ्रमणकारी टोली दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै फाइनलमा न्युजिल्यान्डसँगको भेट पक्का गरेको हो।

दक्षिण अफ्रिकाले दिएको ३५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले एक ओभर बाँकी रहँदा ४ विकेटको क्षतिमा ३५५ रन जोडेको हो।

पाकिस्तानका लागि सल्मा आगाले १०३ बलमा १३४ रनको योगदान गरे। उनी प्लेयर अफ द म्याच बने। कप्तान मोहम्मद रिजवानले १२२ रन जाडे।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा ३५२ रन बनाएको थियो। दक्षिण अफ्रिकाका तेम्भा बभुमाले ८२ तथा म्याथ्यु ब्रेट्जकले ८३ रन बनाए। हेन्रिक क्लासेनले ५६ बलमा ८७ रन जोडेका थिए।

पाकिस्तान र न्युजिल्यान्डको फाइनल भिडन्त शुक्रबार हुनेछ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ६ : २४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार