दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान त्रिकोणात्मक शृङ्खलाको फाइनलमा « Khabarhub

दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान त्रिकोणात्मक शृङ्खलाको फाइनलमा


१ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरेलु भूमिमा जारी त्रिकोणात्मक शृङ्खलामा पाकिस्तान फाइनलमा प्रवेश गरेको छ। पाकिस्तानले बुधबार भएको दिवा रात्रि खेलमा भ्रमणकारी टोली दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै फाइनलमा न्युजिल्यान्डसँगको भेट पक्का गरेको हो।

दक्षिण अफ्रिकाले दिएको ३५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले एक ओभर बाँकी रहँदा ४ विकेटको क्षतिमा ३५५ रन जोडेको हो।

पाकिस्तानका लागि सल्मा आगाले १०३ बलमा १३४ रनको योगदान गरे। उनी प्लेयर अफ द म्याच बने। कप्तान मोहम्मद रिजवानले १२२ रन जाडे।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा ३५२ रन बनाएको थियो। दक्षिण अफ्रिकाका तेम्भा बभुमाले ८२ तथा म्याथ्यु ब्रेट्जकले ८३ रन बनाए। हेन्रिक क्लासेनले ५६ बलमा ८७ रन जोडेका थिए।

पाकिस्तान र न्युजिल्यान्डको फाइनल भिडन्त शुक्रबार हुनेछ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ६ : २४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको