जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर « Khabarhub

जनयुद्धको सार्वजनिक बिदा गैरकानुनी भएको सर्वोच्चको ठहर


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते सशस्त्र युद्ध थालेको दिनलाई सार्वजनिक बिदा दिने केही स्थानीय तहको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र बर्दियाको राजापुर नगरपालिकाले दिएको सरकारी बिदालाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् गैर कानुनी भन्दै बदर गरेको हो ।

बिदाको बदर माग गर्दै रुकुमका चन्द्रशेखर केसीले दायर गरेको रिटमा पालिका, पालिकाका प्रमुख प्रशासकीय अधिकृत र पालिका अध्यक्षलाई विपक्षी बनाइएको थियो । उक्त मुद्दामाथि सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाउसँगै बदर गर्न अन्तरिम आदेश दिएको हो । बिदाविरुद्ध रिट दायर गर्ने केसी द्वन्द्वकालमा माओवादीबाट बेपत्तापछि हत्या गरिएकी ज्योती केसी तथा हर्कसिंह खत्रीका छोरा हुन् ।

केसीले हत्या हिंसालाई जनयुद्धको उपमा दिइएको निवेदनमा उल्लेख गरेका थिए । रिट निवेदनमा उनले माओवादी हिंसाबाट पीडित रहेको उल्लेख गर्दै यसअघि सर्वोच्चबाट भएका आदेशलाई नजिर मानेर फागुन १ गतेको सार्वजनिक बिदा गैरकानुनी भएको दाबी गरेका थिए।

सरकारले औपचारिक रुपमा बिदा नदिए पनि केही स्थानीय तहले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरेका थिए । रुकुमको बाँफीकोटसँगै धादिङको गजुरी र काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकालेसमेत बिदा दिने निर्णय गरेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ७ : ५६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा