खाजा खर्च कटाएर पुस्तकालय पुनर्निर्माण « Khabarhub

खाजा खर्च कटाएर पुस्तकालय पुनर्निर्माण


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) पाटन संयुक्त क्याम्पस इकाइका विद्यार्थीहरूले खाजा खर्च बचाएर पुस्तकालय पुनर्निर्माण गरेका छन् । विसं २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको पुस्तकालय भवनको मर्मतसम्भार, रङ्गरोगनका साथै साजसज्जा गरेर क्याम्पस प्रशासनलाई हस्तान्तरण गरिएको छ ।

विद्यार्थीहरूले खाजा खर्च कटाएर दिएको करिब १० लाख रुपैयाँको लागतमा जीर्ण अवस्थामा रहेको पुस्तकालय पुनर्निर्माण गरिएको नेविसङ्घ पाटन इकाइका सभापति तारा शर्माले जानकारी दिए ।

बुधबार उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुस्तकालयको उद्‌घाटन गरेसँगै क्याम्पस प्रशासनलाई विधिवत् रूपमा हस्तान्तरण गरिएको हो ।

उपप्रधानमन्त्री सिंहले खाजा खर्च कटाएर विद्यार्थीले गरेको असल कामका लागि धन्यवाद दिए । उनले विद्यार्थीले राजनीति मात्रै नभइ यस्तै रचनात्मक काम गर्ने समाजमा पनि राम्रो सन्देश प्रवाह हुने बताए । अब राम्रो विषय पढ्नका लागि नेपालमै सम्भव रहेको र देशभित्रै बसेर पनि विश्वका उत्कृष्ट विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढ्न सकिनेबारे साथीभाइलाई आश्वस्त पार्न उपप्रधानमन्त्री सिंहले विद्यार्थी सङ्गठनलाई आग्रह गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेतले अबको एक वर्षभित्र पाटन क्याम्पसमा सकारात्मक परिवर्तन भएको देख्न पाइने विश्वास व्यक्त गरे । उनले राजनीतिभन्दा माथि उठेर विद्यार्थीले गरेको कामको सराहना गरे ।

नेविसङ्घ पाटन इकाइका सभापति शर्माले गत वर्षबाटै एक वर्षभित्र गर्ने कामको खाका तयार गरेर शौचालय, पुस्तकालय, खानेपानीको व्यवस्थापन, प्राथमिक उपचार केन्द्र निर्माण गरिएको बताए ।

उनले विगत ५२ हप्तासम्म प्रत्येक हप्ताको शुक्रबार क्याम्पस हाताभित्र  सरसफाइ अभियानसमेत सञ्चालन गरिएको जानकारी दिए । 

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ८ : १६ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ