आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुने पोखरी | Khabarhub Khabarhub

आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुने पोखरी


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

इलाम– दक्षिणी इलामको माई नगरपालिका– १ र ९ को सङ्गमस्थलमा पर्ने तेह्रकुने पोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो छायाङ्कन गर्न र वनभोज खान आउनेको हरेक सप्ताहान्तमा भीड लाग्ने गरेको छ ।

स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै डुङ्गासमेत सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।

जैविक विविधता, प्राकृतिक सौन्दर्य र  सुगम भएकाले आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको स्थानीय सुवर्ण राईले बताए । उनले भने शनिबार र सार्वजनिक बिदाको दिन पोखरीमा आउने पर्यटकको भीड हुने गरेको बताए ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माई नगरपालिकामा आजदेखि तेह्रकुने पोखरी पर्यटन महोत्सव हुँदैछ । स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता संस्थाको आयोजनामा माई नगरपालिका– १ र ९ को सङ्गमस्थलमा महोत्सव हुन लागेको हो ।

यही फागुन ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गरिने महोत्सव आयोजक समितिका अध्यक्ष पदम राईले बताए । महोत्सवमा आदिवासी लिम्बू, राई, मगर, तामाङलगायत विभिन्न जातजातिका सांस्कृतिक झाँकी र वेशभूषा प्रदर्शन गरिने उनको भनाइ छ ।

‘यहाँका आदिवासी भूमिपुत्रहरूको मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने हाम्रो प्रयास हो । यसका लागि तीनै दिन अलगअलग कार्यक्रम तय गरिएको छ’, अध्यक्ष राईले भने, ‘प्रत्येक दिन फरकफरक जातजातिको पहिचान र संस्कृति झल्कने झाँकीसहित वेशभूषा प्रदर्शन गरिनेछ ।’

किराँतीहरूको प्रथम राजा ‘यलम्बर’को मूर्ति स्थापना सहयोगार्थ प्रत्येक दिन साँझमा ‘यलम्बर साँझ’ साङ्गीतिक कार्यक्रम तय गरिएको छ । कार्यक्रममा पहिलो दिन गायक तथा सङ्गीतकार कृष्णभक्त राई, दोस्रो दिन हास्यकलाकार पदम राई र तेस्रो दिन हास्यकलाकार विलसनविक्रम (तोक्मे बुढा) को प्रस्तुति रहनेछ ।

यसैगरी, लिम्बू जातिको धाननाच, पालाम, च्याब्रुङ नाच, राई जातिको साकेला सिली, तामाङ जातिको सेलो, मगर जातिको मारुनी, खसआर्य जातिको सङ्गिनी नृत्यलगायत प्रस्तुत हुने उनले बताए ।  महोत्सवले तेह्रकुने पोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नमा सहयोग पुग्नेमा आफू विश्वस्त रहेको माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बूले बताए ।

सदरमुकामबाट ३४ किलोमिटर दक्षिणमा अवस्थित तेह्रकुने पोखरीसम्मको सडक विस्तार जारी छ । अन्य भौतिक पूर्वाधार पनि धमाधम बनिरहेकाले यो पोखरी अधिकभन्दा अधिक पर्यटकको प्रमुख गन्तव्य बन्ने अध्यक्ष राईको विश्वास छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  १० : २३ बजे

जातीय पोशाकबाट आम्दानी

कैलाली– वनस्पति अनुसन्धान केन्द्र कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यानमा आउने

अमेरिकी कंग्रेसले गर्‍यो ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदन

काठमाडौं- अमेरिकी रिपब्लिकनहरूले शुक्रबार बिहान राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सहायता

चितवनमा पुँजीगत खर्च ७७ प्रतिशत मात्र

चितवन– यहाँको विकासका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०८१-८२ मा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– शुक्रबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल

कुलुङखोलामा सात करोडमा पक्की पुल निर्माण

दमौली– भीमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पुल ७२ दशमलव २०