आहा रारा गोल्डकप : आज ब्ल्याक बुल्स र थ्रीस्टारबीच प्रतिस्पर्धा हुँदै « Khabarhub

आहा रारा गोल्डकप : आज ब्ल्याक बुल्स र थ्रीस्टारबीच प्रतिस्पर्धा हुँदै


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

कास्कीको पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुने खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली जित निकाल्दै फाइल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

ब्ल्याक बुल्सले भारतको थन्डरबोल्ट नर्थ युनाइटेड सिक्किमलाई हराउँदै अन्तिम चारमा पुगेको थियो भने थ्रीस्टार मछिन्द्रलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।

यो खेलको विजेताले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल शनिबार (फागुन ३ गते) हुनेछ ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १-० गोलले हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ ।

३ विदेशी तथा ९ स्वदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  १० : ५६ बजे

हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि