म्याग्दीमा ग्रामीण सडकको स्तरोन्नति गरिँदै « Khabarhub

म्याग्दीमा ग्रामीण सडकको स्तरोन्नति गरिँदै


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली र बरङ्जा जोड्ने सात किलोमिटर ग्रामीण सडकको स्तरोन्नति १८ वर्षपछि प्रारम्भ भएको छ ।

बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली र ४ नम्बर वडा बास्कुनाका साथै मङ्गला गाउँपालिकाको वडा नम्बर २ र ३ मा उत्पादन भएका कृषिउपजलाई बेनीसम्म पु¥याउन र बेनीबाट खाद्यान्न, निर्माण सामग्रीलगायत उपभोग्य वस्तुहरु गाउँ ल्याउन सहज भएको छ ।

उक्त सडकअन्तर्गत बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर ग्राभेल र दूधेखोलादेखि भकिम्लीतर्फको तीनसय ९० मिटर सडक ढलान गरिएको छ । गण्डकी प्रदेश सरकारको दुई करोडको लागतमा उक्त खण्डको स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालयका सव–इञ्जिनियर रवीन चोखालले बताए ।

यो सडक बेनी नगरपालिकाको वडा नम्बर २ बगरफाँट, वडा नम्बर ३ भकिम्ली, मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडाका बासिन्दा तथा पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ५ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

यस योजनाबाट बगरफाँटदेखि दूधेखोलासम्मको साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेलसहित स्तरोन्नति गरिने र दूधेखोलादेखि भकिम्ली जोड्ने खण्डमा तीनसय ९० मिटर ढलान गरिने छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ११ : ३९ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा