भ्यालेन्टाइन सप्ताह- आज ‘किस डे’, यस्ता छन् चुम्बन गर्नुका फाइदा « Khabarhub

भ्यालेन्टाइन सप्ताह- आज ‘किस डे’, यस्ता छन् चुम्बन गर्नुका फाइदा


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक वर्ष भ्यालेन्टाइन डे को अघिल्लो दिन अर्थात् १३ फेब्रुअरीलाई ‘किस डे’ भनिन्छ । यस दिन प्रेम जोडीले चुम्बन गरेर आफ्नो प्रेम भाव व्यक्त गर्छन् ।

चुम्बन प्रेमानुभूतिको प्रतीक मानिन्छ। प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त गर्छन् ।

चुम्बनले शरीरमा खुसीको हर्मोन उत्पादन गर्छ, जसले तनाव डिप्रेसनलगायतका समस्याहरूलाई कम गराउन मद्दत गर्छ।

चुम्बन एउटा प्रेम व्यक्त गर्ने उत्तम माध्यम पनि हो । चुम्बनलाई प्रेमको स्पर्शका रूपमा पनि मान्ने गरिन्छ  चुम्बनले सम्बन्धलाई मजबुत बनाउने र स्वास्थ्यका हिसाबले पनि निकै फाइदाजनक मानिन्छ ।   

चुम्बनका फाइदाहरू जान्नुहोस्
– चुम्बन गर्नाले मस्तिष्कबाट धेरै प्रकारका केमिकल निस्कन्छ, जसले शरीरमा खुसीको हर्मोन बढाउने काम गर्छ। यसले तपाईँलाई राम्रो महसुस गराउँछ ।
– अध्ययनका अनुसार चुम्बन गर्दा क्यालोरी कम गर्न फाइदाजनक मानिएको छ । एक मिनेटसम्म चुम्बन गर्दा दुई देखि ६ क्यालोरीसम्म कम गर्न सकिन्छ ।
– चुम्बन गर्दा शरीरमा कोर्टिसोल नामक हर्मोनको स्तर कम हुन्छ, जसलाई तनाव हार्मोन भनिन्छ । यो हर्मोन नियन्त्रणमा राख्नु धेरै महत्त्वपूर्ण छ ।
– चुम्बनबाट साल्भिया नामक तत्त्व धेरै उत्पादन हुन्छ, जसले दाँत सडाउने ब्याक्टेरिया भगाउँछ।
– चुम्बन गर्दा मुटुको धड्कन बढी शरीरमा रगतको प्रवाह बढ्छ र शरीरमा रगतको उचित परिसंचरणले धेरै रोगको जोखिमबाट बचाउँछ।
– शारीरिक थकान र पिडा बिर्साउँछ ।
– चुम्बनले रक्तचाप पनि नियन्त्रणमा रहन्छ ।
– शरीरमा रक्तसञ्चार बढाएर टाउको दुख्ने, पेट दुख्ने जस्ता धेरै समस्याहरू हट्छन् ।
– चुम्बनले प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्छ। 

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ११ : ५४ बजे

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनमतले बुझायो ज्ञापनपत्र

काठमाडौँ- जनमत पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई १२ बुँदे ज्ञापनपत्र बुझाएको

भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गरिँदै

काठमाडौं – सरकारले देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन

मंसिर २७ गते प्रतिगामी कदमविरुद्धको ‘क्लाइमेक्स दिन’ हाे: शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर २७ गते प्रतिगामी

पिचअनुसार खेल्दा जित निकाल्यौँ: दीपेन्द्रसिंह ऐरी

काठमाडौँ- सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पिचअनुसार आफ्ना खेलाडीले खेलेको

दृष्टिविहीन महिला टी–२० विश्वकप उपविजेता टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता