काभ्रेमा ६ महिनामा २५२ अभियुक्त पक्राउ | Khabarhub Khabarhub

काभ्रेमा ६ महिनामा २५२ अभियुक्त पक्राउ


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेमा ६ महिनाको अवधिमा विभिन्न आपराधिक घटनामा संलग्न २५२ जनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

कार्यालयद्वारा सार्वजनिक गरिएको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदनमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटद्वारा अभियुक्त पक्राउ भएको जनाइएको हो ।

प्रतिवेदन अनुसार गत साउन महिनादेखि पौष मसान्तसम्म जिल्लामा घटेका ३ सय १ आपराधिक घटनामा २ सय ५२ जना अभियुक्त पक्राउ परेका हुन् । यस्तै प्रतिवेदनमा शान्तिसुरक्षा अपराध नियन्त्रण र विपद् व्यवस्थापन अन्तर्गत भएका विभिन्न घटनाको विश्लेषण सहितको तथ्याङ्क सार्वजनिक गरेको जनाइएको छ ।

विश्लेषणात्मक रुपमा सार्वजनिक गरिएको प्रतिवेदनमा अपराधको प्रकृति तथा संलग्न व्यक्ति, सुरक्षा अवस्था तथा चुनौतीलगायत आम नागरिकलाई जानकारी रहोस् भन्ने उद्देश्य राखिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

कार्यालयको तथ्याङ्क अनुसार यही अवधिमा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी ७८ जना घाईते भए । जिल्लामा तीन जनाको हत्या भएको तथ्याङ्कले देखिएको छ । ५७ जनाले आत्महत्या गरेको तथा प्राकृतिक प्रकोपका ४९ घटनामा ८१ जनाले ज्यान गुमाए । यस्तो घटनामा ९७ जना घाईते भएका थिए ।

यस्तै यही अवधिमा एक सय ३ जना विशिष्ट व्यक्तिले काभ्रेपलाञ्चोक भ्रमण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ३ सय २५ पसल तथा व्यापारिक संस्थाको अनुगमन गर्दा ६ फर्मलाई  जरिवाना गरिएको जनाइएको छ । 

यसैबीच जिल्ला प्रशासन कार्यालय धुलिखेलमा चालु आर्थिक वर्षको ६ महिनामा १० करोड ८३ लाख राजश्व सङ्कलन भएको छ । यसबीचमा सहिद परिवारलाई ७६ लाख ८० हजार भुक्तानी गरिएको छ । २३ करोड ८० लाख विपद्मा प्रभावित परिवारलाई राहत वितरण गरिएको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  १२ : १९ बजे

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी– कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

धनगढी – कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभा भित्रियो

काठमाडौं– महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग