रूसको दाबी- अब मंगल ग्रह ३० दिनमा नै पुग्न सकिन्छ « Khabarhub

रूसको दाबी- अब मंगल ग्रह ३० दिनमा नै पुग्न सकिन्छ


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

मस्को– रुस फेरि एकपटक अन्तरिक्ष दौडमा प्रवेश गरेको छ ।  रुसी सरकारी कम्पनी रोसाटोमले प्लाज्मा इलेक्ट्रिक रकेट इन्जिनको विकासमा महत्वपूर्ण सफलता हासिल गरेको घोषणा गरेको छ । यो कम्पनी परमाणु ऊर्जा र प्रविधिमा विशेषज्ञ छ ।

यो इन्जिनले पृथ्वीबाट मंगल ग्रहको यात्रा एकदेखि दुई महिनामा पूरा गर्न सक्ने कम्पनीको दाबी छ । प्लाज्मा रकेटहरूले परम्परागत ठोस वा तरल इन्धन दहनको आवश्यकतालाई हटाउँछन् । 

यसले चुम्बकीय प्लाज्मा एक्सेलेटर प्रयोग गर्दछ, जसका कारण अन्तरिक्षमा उच्च गति हासिल गर्न सकिन्छ र यात्राको समयमा ठूलो कमी आउन सक्छ। 

रुसको इज्भेस्टिया पत्रिकाले यस सम्बन्धमा जानकारी दिएको छ ।

रोसाटोमको वैज्ञानिक संस्थान ट्रोइस्कका कनिष्ठ अनुसन्धानकर्ता एगोर बिरुलिनका अनुसार  ‘प्लाज्मा रकेट एक प्रकारको विद्युतीय मोटर हो। यो दुई इलेक्ट्रोडमा आधारित छ । चार्ज गरिएका कणहरू तिनीहरूको बीचमा पार गरिन्छ र इलेक्ट्रोडहरूमा उच्च भोल्टेज पनि लागू हुन्छ। यो विद्युतीय प्रवाहले चुम्बकीय क्षेत्र सिर्जना गर्दछ, जसले कणहरूलाई इन्जिनबाट बाहिर धकेल्छ । 

यस प्रक्रियाबाट प्लाज्माले दिशा पाउँछ र थ्रस्ट उत्पन्न हुन्छ।’ यस प्रविधिमा हाइड्रोजनलाई इन्धनको रूपमा प्रयोग गरिन्छ। इन्जिनले यी कणहरूलाई १०० किलोमिटर प्रति सेकेन्डको गतिमा बढाउन सक्छ ।

बिजनेस स्ट्यान्डर्डको रिपोर्ट अनुसार मंगल र पृथ्वीबीचको औसत दूरी १४.२२ करोड ५० लाख किलोमिटर छ । यो दूरी ३० दिनमा पूरा गर्न रकेटलाई ३ लाख १३ हजार ८२२ किमी प्रतिघण्टाको गति चाहिन्छ। युरोपेली अन्तरिक्ष एजेन्सी र नासा सहित धेरै संस्थाहरूले भनिरहेका छन् कि सौर्यमण्डलका अन्य ग्रहहरूमा पुग्न लाग्ने यात्रा समयलाई कम गर्न प्रविधिमा काम गरिरहेका छौं । 

रिपोर्टका अनुसार रुसले विकास गरिरहेको प्लाज्मा रकेटको थ्रस्ट करिब ६ न्यूटन हुनेछ, जसले कणहरूलाई १०० किलोमिटर प्रति सेकेण्डको गतिमा अघि बढाउन सक्नेछ।

रुसको यो सफलताले मानव जातिलाई सौर्यमण्डल बाहिर यात्रा गर्ने अवसर पनि दिन सक्छ । रोसाटोम रिसर्च इन्स्टिच्युट, ट्रोइस्कका प्रथम उपमहानिर्देशक एलेक्सी भोरोनोभ भन्छन्, ‘अहिले हामीसँग भएका इन्जिनहरूसँग मंगल ग्रहमा पुग्न करिब एक वर्ष लाग्न सक्छ । यो धेरै समय अन्तरिक्ष यात्रीहरूका लागि खतरनाक हुन सक्छ किनभने उनीहरूले लामो समयसम्म ब्रह्माण्डीय विकिरणको सामना गर्नुपर्नेछ। प्लाज्मा इन्जिनले यात्रा समयलाई ३० देखी ६० दिनसम्म सीमित गर्न सक्छ।’ –न्युजकारखानाबाट 

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  १ : २७ बजे

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत