रुसको जेलबाट रिहा शिक्षकलाई ट्रम्पले ह्‍वाइट हाउसमा गरे स्वागत « Khabarhub

रुसको जेलबाट रिहा शिक्षकलाई ट्रम्पले ह्‍वाइट हाउसमा गरे स्वागत


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

वासिंगटन डिसी- सन् २०२१ मा चिकित्सकीय रूपमा सिफारिस गरिएको गाँजा बोकेको आरोपमा रुसमा पक्राउ परेका शिक्षक मार्क फोगेललाई रिहा गरेर अमेरिका फर्काइएको छ।

फोगेलले लागुऔषध तस्करीको आरोपमा १४ वर्षको जेल सजाय भोग्दै आएका थिए । जसलाई अमेरिकी विदेश मन्त्रालयले ‘अन्याय’ भन्दै आएको थियो । उनी मस्कोबाट रिहा भएपछि ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेका छन् ।

‘म अहिले पृथ्वीको सबैभन्दा भाग्यमानी मान्छे जस्तो महसुस गर्छु,’ फोगेलले भने । अमेरिकी झण्डा लगाएका उनले ट्रम्प र अन्य अमेरिकी अधिकारीहरूलाई धन्यवाद दिए । जसले उनको रिहाइमा वार्ता गर्न मद्दत गरेका थिए, उनीहरूलाई नायक भनेका छन । उनले यस प्रक्रियामा आफ्नो भूमिकाको श्रेय रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि दिएका छन् ।

पेन्सिल्भेनियाका ६३ वर्षीय शिक्षक मार्क फोगेलले कोलम्बिया, मलेसिया, ओमान, मेक्सिको र भेनेजुएलालगायत विश्वभरका अन्तर्राष्ट्रिय विद्यालयहरूमा अध्यापन आएका थिए।

सन २०१२ देखि नै उनी र श्रीमती मस्कोमा बस्दै आएका थिए, जहाँ फोगेलले एङ्ग्लो–अमेरिकन स्कूलमा इतिहास पढाउँथे । जसले अमेरिकी नागरिक र कूटनीतिज्ञहरूका छोराछोरीको अध्ययन चाहाना पूरा गर्दै आएका थिए ।

अमेरिकाले विशेषाधिकारको दुरुपयोग गरिरहेको भन्दै रुसले शिक्षकको कूटनीतिक हैसियत खारेज गरेपछि अमेरिका, बेलायत र क्यानाडाका दूतावासहरूले विरोध जनाएका थिए । तर, धेरैजसो पश्चिमा देशहरूले शिक्षकको समर्थन गरेका थिए, विद्यालयमा शिक्षकका रूपमा उनलाई कूटनीतिक सुविधा थियो ।

सन् २०२१ को अगस्टमा गिरफ्तार हुनुअघि उनले अन्तिम वर्ष मस्कोमा पढाउने योजना बनाएका थिए । खासमा फोगेललाई न्यूयोर्कबाट २८.३५ ग्रामभन्दा कम भाङसहित स्कोको शेरेमेटेभो एयरपोर्टमा हिरासतमा राखिएको थियो । जुन उनको परिवारले ढाड दुखाइका लागि चिकित्सकीय रूपमा सिफारिस गरेको औषधि भनेका थिए ।

तर, कडा लागूऔषध कानुन भएको रूसले उसलाई आफ्नो सामानमा सावधानीपूर्वक कपडामा भाङ राखेको आरोप लगाएको थियो ।

तर, मस्कोको एक अदालतले फोगेललाई ‘ठूलो मात्रामा लागूपदार्थको तस्करी’ को दोषी ठहराएर १४ वर्षको कडा श्रम सजायसमेत सुनायो ।

उनलाई आफ्नो समय सेवा गर्न मस्कोबाट ४ घन्टा टाढा रिबिन्स्क पेनल कोलोनीमा पठाइएको थियो । जुन कोलोनी दण्डितहरूका लागि कठोर जीवन र क्रुरताका लागि कुख्यात छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  १ : ३५ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ