बाल विवाह सामाजिक समस्या : मुख्यमन्त्री कार्की « Khabarhub

बाल विवाह सामाजिक समस्या : मुख्यमन्त्री कार्की


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या भएको बताएका छन् । 

जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीवार आयोजित ‘बालविवाह विरुद्ध प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै उनले बाल विवाहलाई रोक्न सामूहिक सहकार्यको आवश्यकता औँल्याए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बाल विवाहको अन्त्य एवं नियन्त्रण गर्न अभियानको रूपमा नीति तथा कानुनी प्रबन्ध गरी अगाडि बढेको जानकारी दिए । 

उनले प्रदेशमा बाल विवाह निषेधसमेत गरिएकामा कतिपय दुर्गम स्थान एवं पहाडी परेका वर्गमा यो समस्या विद्यमानरुपमा देखिएकोले यसको नियन्त्रण गर्न सुरक्षा निकाय एवं समाज चनाखो भएर लाग्नुपर्ने आवश्यकता औँल्याए।

हस्ताक्षर कार्यक्रममा सामाजिक अभियन्ता बालकृष्ण पाण्डे, डा गंगाधर अधिकारीलगायतले अन्य छ प्रदेशमा बाल विवाह विरुद्ध प्रतिबद्धता हस्ताक्षर अभियान सञ्चालन गरिसकेको जानकारी दिए । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  २ : ०७ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै