बाल विवाह सामाजिक समस्या : मुख्यमन्त्री कार्की « Khabarhub

बाल विवाह सामाजिक समस्या : मुख्यमन्त्री कार्की


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या भएको बताएका छन् । 

जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीवार आयोजित ‘बालविवाह विरुद्ध प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै उनले बाल विवाहलाई रोक्न सामूहिक सहकार्यको आवश्यकता औँल्याए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बाल विवाहको अन्त्य एवं नियन्त्रण गर्न अभियानको रूपमा नीति तथा कानुनी प्रबन्ध गरी अगाडि बढेको जानकारी दिए । 

उनले प्रदेशमा बाल विवाह निषेधसमेत गरिएकामा कतिपय दुर्गम स्थान एवं पहाडी परेका वर्गमा यो समस्या विद्यमानरुपमा देखिएकोले यसको नियन्त्रण गर्न सुरक्षा निकाय एवं समाज चनाखो भएर लाग्नुपर्ने आवश्यकता औँल्याए।

हस्ताक्षर कार्यक्रममा सामाजिक अभियन्ता बालकृष्ण पाण्डे, डा गंगाधर अधिकारीलगायतले अन्य छ प्रदेशमा बाल विवाह विरुद्ध प्रतिबद्धता हस्ताक्षर अभियान सञ्चालन गरिसकेको जानकारी दिए । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  २ : ०७ बजे

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट