देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न « Khabarhub

देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– जिल्लाको प्रसिद्ध देवघाट धाममा एक महिनासम्म सञ्चालित महामहोत्सव बुधबार सम्पन्न भएको छ । माघे सङ्क्रान्तिको अवसर पारेर सञ्चालन भएको महामहोत्सव सकिएको हो ।

विश्व जागरण महाअभियान ट्रस्ट चितवनको आयोजनामा भएको महामहोत्सवको देवघाटस्थित गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीजी महाराजले समापन गरे। उनले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि महामहोत्सव सफल भएको बताए।

देवघाट मुलुकको महत्त्वपूर्ण धार्मिक तीर्थस्थल भएकाले यहाँ यज्ञयज्ञादी पर्व आयोजना भइराख्नुपर्नेमा स्वामी आत्मानन्दले जोड दिए । 

विश्व जागरण महाअभियान ट्रष्टका संरक्षक भगवत् कथा वाचक इश्वरकृष्ण महाराजले भक्तजनको माया, स्नेह र सहयोगले महामहोत्सव एक महिनासम्म सञ्चालन गर्न सहयोग र हौसला मिलेको बताए। महामहोत्सवबाट संकलित रकम मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि खर्च गरिने उनले जानकारी दिए। 

इश्वरकृष्ण महाराजको संकल्पमा तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माणाधीन तीन सय ६५ कोठाको मातापिता सेवा आश्रमले पूर्णता दिन र सोही स्थानमा रहेको देवघाट दिव्यधाम निर्माण गर्न रकम संकलन गर्ने उद्देश्यले महामहोत्सव आयोजना गरिएको हो । 

उक्त महामहोत्सव २५ लाख बढी भक्तजनले प्रत्यक्ष अवलोकन गरेका विश्व जागरण महाअभियान ट्रष्टले दाबी गरेको छ । महोत्सव अवधिभर रु २० करोड भन्दा बढी रकम संकलन भएको जनाउँदै आम्दानी र खर्च यथाशीघ्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने इश्वरकृष्ण महाराजले उल्लेख गरे ।

तीन सय ६५ कोठासहितको संरचनामा वृद्धवृद्धा र असहायहरूका लागि दीर्घकालीन आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले मातापिता सेवा आश्रम निर्माणाधीन छ । 

महामहोत्सवमा सङ्घीय सरकारका मन्त्री, गण्डकी तथा बागमती प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख राजनीतिक दलका सभापति तथा वरिष्ठ नेताहरू, प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभाका सांसदहरू, विभिन्न उच्च पदस्थ प्रशासक तथा व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

महामहोत्सवमा देवी प्रतिभा, अनुराधा पाण्डे, ओमप्रकाश सुवेदी, यशोदा मातालगायत लोकप्रिय कथा वाचकहरूले कथा वाचन गरेका थिए । 

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  २ : २९ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा