७ अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट  « Khabarhub

७ अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट 


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज साताको अन्तिम शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा पुगेको छ । नेप्से ०.२७ प्रतिशतले घट्दा कारोबार पनि घटेको छ । 

आज ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता शेयर कारोबार भएको छ । नेप्से घट्दा ७६ वटा कम्पनीको मूल्य बढेको छ भने १६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

यस्तै ३०२ वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार ८३५ पटक शेयर किनबेच भएको छ । आज १३ वटा समूहमध्ये ३ वटा समूह बढेको छ भने बाँकी १० वटा समूह घटेको छ । सबैभन्दा बढी फाइनान्स समूह १.८८ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.१७ प्रतिशतले बढेको छ । लगानी समूह भने ०.५२ प्रतिशतले बढेको छ । 

आज सबैभन्दा बढी विकास बैंक समूह ०.९५ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ समूह ०.०१ प्रतिशतले घटेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह ०.२३ प्रतिशतले, होटेल तथा पर्यटन ०.५८ प्रतिशतले, हाइड्रोपावर ०.९० प्रतिशतले, जीवन बीमा ०.१४ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.४७ प्रतिशतले, म्युचुअल फण्ड ०.०८ प्रतिशतले, निर्जीवन बीमा ०.८७ प्रतिशतले र अन्य समूह ०.१० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ३ : ३० बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले