नेता वयकलाई क्याम्पसबाट लगेर प्रहरीले कुटपिट गरेको अनेरास्ववियुको आरोप « Khabarhub

नेता वयकलाई क्याम्पसबाट लगेर प्रहरीले कुटपिट गरेको अनेरास्ववियुको आरोप


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले एकजना विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको आरोप लगाएको छ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले दरबारमार्ग प्रहरी वृत्तको टोलीले अस्कल क्याम्पसका विद्यार्थी नेता प्रकाश वयकलाई नियन्त्रणमा लिएर अमानवीय व्यवहारसहित कुटपिट गरेको आरोप लगाएका हुन् ।

बडालले बिहीबार विज्ञप्ति निकालेर माघ ३० गते साँझ ७ बजेतिर वयकलाई ‘नेपाल प्रहरीको प्रतिनिधि हुँ’ भन्दै फोन गरेर बाहिर बोलाएपछि नियन्त्रणमा लिएको जनाएका छन् । प्रहरी टोलीले उनलाई टोखामा लगेर कुटपिट गरेको उनको भनाइ छ । वयकको नाक, मुख र आँखा सुन्निने गरी कुटपिट गरेरर मध्यराति २ बजे आफन्तको जिम्मा लगाएको दाबी पनि बडालले गरेका छन् ।

संगठनका अध्यक्ष बडालले यस घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही माग गरेका छन् । प्रहरीले बिनाकारण विद्यार्थी नेतालाई नियन्त्रणमा लिई अमानवीय व्यवहार गर्नु गैरकानुनी र आपत्तिजनक भएको पनि बडालको तर्क छ।

‘नेपाल प्रहरीको यस किसिमको गैरकानुनी धरपकड र ज्यादती निन्दनीय छ। तत्काल घटनामा संलग्न दोषीहरूमाथि कारबाही गर्न जोडदार माग गर्दछौँ,’ बडालले भनेका छन् ।

घटनाबारे निष्पक्ष छानबिन नभए संगठन आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिएका छन् । प्रहरी संगठनभित्रका केही सदस्यहरूको गैरजिम्मेवारपूर्ण व्यवहारकै कारण यस्ता घटना दोहोरिएको बताउँदै कानुनी राज्यको मर्मअनुसार दोषीलाई कारबाही हुनुपर्ने पनि उनको तर्क छ ।

‘कुनै पनि घटनाका आरोपी खोज्नको बहानामा क्याम्पस परिसरबाट निर्दोष विद्यार्थीलाई नियन्त्रणमा लिएर कुटपिट गर्नु गैरकानुनी हो। यसले प्रहरी सङ्गठनभित्रका सदस्यहरूको ब्यवहारका कारण कुटपिटका घटना भएका त होइनन् भन्ने गम्भीर आशङ्का उत्पन्न भएको छ। यस्ता गैरकानुनी कार्यको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दछु,’ बडालले भनेका छन् ।

उनले माघ २४ गते राति प्रहरी वृत्त दरबारमार्गबाट खटिएका प्रहरी हवलदार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्ट कुटिएको प्रकरणमा पनि सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिका-२७ ज्याठास्थित छायाँ सेन्टर अगाडि राउण्ड अपका लागि पुगेका दुई प्रहरीलाई कुटपिटमा संलग्न दुईजना अनेरास्ववियुका नेता यसअघि नै पक्राउ परिसकेका छन् । ती दुई प्रहरीलाई ६/७ जनाको समूहमा अपशब्द बोल्दै हिँडेका युवाले कुटपिट गरेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ३ : ३९ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको