महिलामाथि भेदभाव उन्मूलन गर्ने महासन्धि सिफारिस कार्यान्वयनमा जोड « Khabarhub

महिलामाथि भेदभाव उन्मूलन गर्ने महासन्धि सिफारिस कार्यान्वयनमा जोड


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले संयुक्त राष्ट्रसङ्घीय महिलाविरुद्ध सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि(सिड)को सिफारिस कार्यान्वयनका लागि जोड दिएको बताएकी छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा उनले सिडको सिफारिस प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेपछि अन्तर मन्त्रालय समन्वयनका आधारमा कार्यान्वयन गर्ने प्रयास भइरहेको जानकारी दिएकी हुन् ।

सिडको सिफारिस ३९ मा उल्लेख आदिवासी जनजाति किशोरीको अधिकारका लागि प्रत्येक मन्त्रालयमा उपसचिव स्तरको फोकल प्वाइन्ट राखिएको उनले बताइन्।

उनले आफ्नो योजनामा लैङ्गीक कार्यक्रम समावेश गर्न सबै मन्त्रालयको फोकल प्वाइन्टमा मन्त्रालयले ध्यानाकर्षण गराउने काम गरेको जानकारी दिइन् ।

त्यस्तै सचिव बस्नेतले सिडको सिफारिस अनुसार सबै जातजातिको भाषा संरक्षण गर्ने काम पर्यटन मन्त्रालयले गरिरहेको र लोपोन्मुख भाषाको अध्ययनका लागि भाषा आयोगसँग समन्वय भइरहेको धारणा राखे ।

बैठकमा समिति सदस्यहरूले सिडको सिफारिस अनुसारको क्षेत्रमा राज्यले महत्त्व नदिएको धारणा राखेका थिए । आदिवासी जनजाति किशोरीहरूका अधिकारका लागि गम्भीर हुन उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

समिति सभापति किरणकुमार शाहले सरकारले अन्तर्राष्ट्रिय रूपमा गरेका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने दायित्व राज्यको भएकाले यसमा ध्यान दिन सुझाव दिएको थियो । 

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ४ : ५५ बजे

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन