महिलामाथि भेदभाव उन्मूलन गर्ने महासन्धि सिफारिस कार्यान्वयनमा जोड « Khabarhub

महिलामाथि भेदभाव उन्मूलन गर्ने महासन्धि सिफारिस कार्यान्वयनमा जोड


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले संयुक्त राष्ट्रसङ्घीय महिलाविरुद्ध सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि(सिड)को सिफारिस कार्यान्वयनका लागि जोड दिएको बताएकी छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा उनले सिडको सिफारिस प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेपछि अन्तर मन्त्रालय समन्वयनका आधारमा कार्यान्वयन गर्ने प्रयास भइरहेको जानकारी दिएकी हुन् ।

सिडको सिफारिस ३९ मा उल्लेख आदिवासी जनजाति किशोरीको अधिकारका लागि प्रत्येक मन्त्रालयमा उपसचिव स्तरको फोकल प्वाइन्ट राखिएको उनले बताइन्।

उनले आफ्नो योजनामा लैङ्गीक कार्यक्रम समावेश गर्न सबै मन्त्रालयको फोकल प्वाइन्टमा मन्त्रालयले ध्यानाकर्षण गराउने काम गरेको जानकारी दिइन् ।

त्यस्तै सचिव बस्नेतले सिडको सिफारिस अनुसार सबै जातजातिको भाषा संरक्षण गर्ने काम पर्यटन मन्त्रालयले गरिरहेको र लोपोन्मुख भाषाको अध्ययनका लागि भाषा आयोगसँग समन्वय भइरहेको धारणा राखे ।

बैठकमा समिति सदस्यहरूले सिडको सिफारिस अनुसारको क्षेत्रमा राज्यले महत्त्व नदिएको धारणा राखेका थिए । आदिवासी जनजाति किशोरीहरूका अधिकारका लागि गम्भीर हुन उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

समिति सभापति किरणकुमार शाहले सरकारले अन्तर्राष्ट्रिय रूपमा गरेका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने दायित्व राज्यको भएकाले यसमा ध्यान दिन सुझाव दिएको थियो । 

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ४ : ५५ बजे

प्रदीपलाई हिट फिल्मको खाँचो, ‘एक्लो’ले फ्लपको ह्याट्रिक पुर्‍याउने डर !

काठमाडौं – पछिल्लो समय नेपाली फिल्मलाई दर्शक पाउन सकस परेको

देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता  : संयोजक दाहाल

किमाथाङ्का– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता

कांग्रेस महाधिवेशन अब वैशाख २८ देखि ३१ सम्म, यस्तो छ कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म

सरकारका प्रवक्ता भन्छन् : ऊर्जामन्त्री रास्वपामा प्रवेश गरेको सरकारलाई थाहा छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक छ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय