डीभी बन्द गर्ने रिपब्लिकन जनप्रतिनिधिको तयारी « Khabarhub

डीभी बन्द गर्ने रिपब्लिकन जनप्रतिनिधिको तयारी


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी कंग्रेसका रिपब्लिकन जनप्रतिनिधिहरुले चिठ्ठामार्फत् प्रदान गरिने डाइभरसिटी भिसा डीभी कार्यक्रम बन्द गर्ने तयारी थालेका छन् । फक्स न्युजका अनुसार जर्जिया राज्यबाट कंग्रेसमा प्रतिनिधित्व गर्ने रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले डीभी कार्यक्रम बन्द गर्ने विधेयक प्रस्ताव गरेका छन् ।

रिप्रेजेन्टेटिभ कोलिन्सले यस भिसा कार्यक्रमलाई ‘अनावश्यक सरकारी सद्गुण प्रदर्शन’ को संज्ञा दिएका छन् । उनले ५० हजार आप्रवासीलाई नागरिकता प्रदान गर्न अदृश्य कम्प्युटर कोडमा निर्भर हुन नहुनेमा पनि जोड दिएका छन् ।

फक्स न्युजका अनुसार अमेरिकी विदेश मन्त्रालयले यस कार्यक्रममार्फत् हरेक वर्ष ५५ हजार आप्रवासीलाई ग्रिन कार्ड प्राप्त गर्ने बाटो खोल्छ । यस कार्यक्रमले योग्यताका आधारमा नभइ दामाशाही रुपमा आप्रवासीलाई अमेरिका प्रवेश गराउने र त्यसबाट राष्ट्रिय सुरक्षामा चुनौती उत्पन्न हुने भन्दै लामो समयदेखि विरोध हुँदै आएको छ ।

कोलिन्सले प्रस्ताव गरेको ‘सेक्युरिटी एण्ड फेयरनेस इनह्यान्मेन्ट फर अमेरिका एक्ट २०२५’ मा चिठ्ठा कार्यक्रम बन्द गर्ने र आप्रवासीको परिवारका नजिकका सदस्यलाई ग्रिन कार्ड प्रदान गर्ने बाटो बन्द गर्ने लक्ष्य राखिएको छ । उनले यस्तो कार्यक्रम बन्द गर्नु ‘कमनसेन्स’ हुने पनि टिप्पणी गरेका छन् ।

यस ऐनले अमेरिका प्रथम आप्रवासन नीतिलाई प्राथमिकता दिने उनको भनाइ छ । यस विधेयकको सह प्रस्तावकमा टेन्निसीका हाउस सदस्य एन्डी ओग्लेस, टेक्ससका हाउस सदस्य ब्रान्डन गिल, टेक्ससकै टोरी नेहल्स, फ्लोरिडाका माइक हारिडोपोलोस, फ्लोरिडाकै डेनियल वेबस्टर र विस्कन्सिन राज्यका तर्फबाट हाउस सदस्य टम टिफनी छन् ।

यस विधेयकलाई प्रभावशाली कन्जरभेटिभ थिंकट्यांक हेरिटेज फाउन्डेसन र आप्रवासन सुधारका लागि काम गर्दै आएको नम्बर्स यूएसए नामक संस्थाको समर्थन रहेको फक्स न्युजले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ५ : ०० बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

मूल्य बढी पाइने आशमा बोटमै जुनार

रामेछाप– मुलुक चुनावी माहोलले तातिएको छ । तर यहाँका किसानलाई

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं– कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम : मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला