आहा रारा पोखरा गोल्डकपमा थ्रीस्टार क्लब पराजित « Khabarhub

आहा रारा पोखरा गोल्डकपमा थ्रीस्टार क्लब पराजित


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– थ्रीस्टार क्लब २४औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पराजित भएको छ। 

पाँच पटकको च्याम्पियन रहेको थ्रीस्टार छैटौँ उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको थियो, तर उज्बेकिस्तान क्लब ब्ल्याक बुल्स एफसी बाधक बन्यो।

आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लब ४-० गोल अन्तरले पराजित भएको हो। ब्ल्याक बुल्स एफसीका कुभोनचबेक ओलिमोभले २५औँ मिनेटमा खाता खोलेका थिए भने असिलबेक ओरिफजोनोभले ५८औँ मिनेटमा अग्रता दोब्बर बनाए। 

सात्तोरोभले ६३औँ मिनेटमा तेस्रो गोल थपे भने वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका साइदजमोद दाभलातजोनोभले ८७औँ मिनेटमा अन्तिम गोल गर्दै टोलीलाई शानदार जित दिलाए।

ब्ल्याक बुल्स एफसीले उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पुलिसले बुधबार चर्च ब्वाइज क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

थ्रीस्टार र ब्ल्याक बुल्स एफसी दुवैले बाई पाएर सिधै क्वाटरफाइनलबाट प्रतियोगिता सुरू गरेका थिए। आफ्नो-आफ्नो खेल जित्दै उनीहरू सेमिफाइनलसम्म पुगेका थिए।

प्रतियोगिताको विजेताले नगद १२ लाख एक हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख एक हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ।

यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिनेछ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ५ : ०९ बजे

सामाजिक सुरक्षा योजनामा सहभागी गराउन परिसङ्घले सहजीकरण गर्ने

काठमाडौं– नेपाल उद्योग परिसङ्घले आफ्ना सदस्य उद्योगलाई सामाजिक सुरक्षा योजनामा

एमालेको महाधिवेशनमा २४६३ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२६ ज्योतीनगर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने

बङ्गलादेशमा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु

एजेन्सी– बङ्गलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको

लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना

म्याग्दी– बेनी नगरपालिका–४ बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई सङ्कटापन्न पन्छी