त्रिवि मैदानमा फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत, दुवैको लागत करिब ८६ करोड « Khabarhub

त्रिवि मैदानमा फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत, दुवैको लागत करिब ८६ करोड


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट जडान र प्यारापिट बनाउन आह्वान गरिएको बोलपत्र स्वीकृत भएको छ ।

सहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बिहीबार फ्लडलाइट र प्यारापिटका लागि छुट्टाछुट्टै कम्पनीको बोलपत्र स्वीकृत गरेको हो ।

मन्त्रालयले गत ५ मंसिरमा गरेको आह्वानअनुसार फ्लडलाइट जडानका लागि ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का लिएको छ।

प्यारापिटका लागि बिकेओआई–केसीडीसी–बिजी जेभी, टंगालले दर्ता गराएको ४३ करोड ७७ लाख ३० हजार १३ रूपैयाँको बोलपत्र स्वीकृत भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ३१ गते पदभार ग्रहणपछि तीन सय दिनभित्र त्रिवि मैदानको स्तरोन्नति गरिसक्न निर्देशन दिएका थिए ।

यो मैदान पहिला त्रिभुवन विश्वविद्यालय मातहत थियो । कानुनी अड्चनबीच काम नहुँदा सरकारले सहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएर काम बढाएको हो ।

नेपालले आईसीसी पुरुष विश्वकप लिग–२ मा चार वर्षको मान्यता पाएपछि सरकारको ध्यान त्रिवि मैदानमा पुगेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ५ : २० बजे

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि

चीनले नेपाललाई राहत पठाउँदै, दुई सैन्य कार्गो विमान काठमाडौं आउँदै

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले राहत

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये