महाशिवरात्रि मूल समारोह समिति गठन « Khabarhub

महाशिवरात्रि मूल समारोह समिति गठन


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन भएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री पाण्डेको सभापतित्वमा आज बसेको परिषद्को बैठकले सो समिति गठन गरेको हो ।

समितिअन्तर्गत नौ वटा विषयगत उपसमिति गठन गरेर पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए। 

पशुपति क्षेत्रमा रङरोगन, भित्तेचित्र लेखन, बत्ती व्यवस्थापनलगायत सुरु गरिएको छ । यस वर्षको महाशिवरात्रि पर्व यही फागुन १४ गते परेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ६ : १३ बजे

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै