‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा « Khabarhub

‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा स्वदेशी र विदेशी गरी सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा  गरिने भएको छ । 

नेपाल सरकारका उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलको विशेष उपस्थितिमा शनिबार भ्रमण वर्षको घोषणा गर्ने तयारी गरिएको नगर प्रमुख धनराज आचार्यले बताए ।  

भ्रमण वर्ष घोषणाको पुर्वसन्ध्यामा पोखराका ३३ वटै वडाहरूबाट पहिचान सहितका झाँकी र्‍याली पोखरा प्रदर्शनी केन्द्रसम्म गरिने छ । पोखरालाई गत वर्ष मात्रै पर्यटन राजधानी सहर घोषणा गरिएको थियो । 

भ्रमण वर्षको अवधिभर क्रियाशील रहने गरी नगर प्रमुख आचार्यको संयोजकत्वमा मूल समारोह समिति, एक निर्देशक समिति, पर्यटन व्यवसायी गोपी बहादुर भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति र विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा समितिहरू गठन गरिएका छन् । 

भ्रमण  वर्षको अवधिभर पोखरा महानगरपालिकाको तर्फबाट विभिन्न किसिमका पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमहरू गरिने छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ७ : ४५ बजे

बालेन्द्र क्याबिनेटको निर्णयसँगै पक्राउ पर्न सक्छन् ओली र लेखक

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती र

महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

काठमाडौं– महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएकी

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको पहिलो निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन

कार्की आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले भदौ २३ र

भूमिमन्त्रीको पहिलो निर्णय-समस्याग्रस्त सहकारीका विषयमा जानकार छु, समाधान गर्छु

काठमाडौं– नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार