पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या | Khabarhub Khabarhub

पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

इस्लामवाद – पाकिस्तानी सेनाले बालुचिस्तान प्रान्तमा पृथकतावादी समूहले कब्जामा लिएको रेलका तीन सय यात्रुलाई मुक्त गरेको छ।

सेनाका प्रवक्ताले अपरेसनको दौरान ३३ जना हत्या भएको बताएका छन्। उक्त अपरेसन हुनु भन्दा अघि नै बालोच लिबरेसन आर्मी (बिएलए)ले २१ बन्दी तथा चार सेनाको हत्या गरिसकेको थियो।

सेनाले त्यस क्षेत्रमा थप क्षति हुन नदिनका लागि सर्च अभियान चलाइरहेको जनाएको छ। सेनाका प्रवक्ताकै अनुसार अपहरणमा परेको रेलमा चार सय ४० जना यात्रु सवार थिए। सेनाले केही विद्रोही सेनाले यात्रु समेत लिएर पहाडी क्षेत्रमा गएको हुनसक्ने बताएको छ। आक्रमणको समयमा भागाभाग गर्ने क्रममा हराएका यात्रुको खोजी कार्य भइरहेको सेनाले जनाएको छ।

बिएलए स्वतन्त्र बलुचिस्तानको माग गर्दै सङ्घर्ष गर्दै आएको समूह हो। सो समूहले त्यस क्षेत्रमा रहेको खनिजको श्रोतलाई सरकारले दुरुपयोग गरेको आरोप लगाएको छ।

JPG converted with https://ezgif.com/webp-to-jpg

यसअघि पनि सो समूहले धेरै स्थानमा आक्रमण गरेको थियो। रेल कब्जामा लिएको घटना भने यो पहिलो हो। ४८ घण्टामा बालोचका राजनीतिक बन्दीलाई रिहा नगरे आफूले बन्दी बनाएकाको ज्यान लिने चेतावनी उनीहरूले दिएको थिए। उनीहरूले रेलबाट बन्दी बनाएका मध्य करिब सय जना सेना रहेको जनाइएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ६ : २४ बजे

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति