अल्भारेज पेनाल्टी सुट आउटमा लडेपछि रियल म्याड्रिड क्वार्टरफाइनलमा « Khabarhub

अल्भारेज पेनाल्टी सुट आउटमा लडेपछि रियल म्याड्रिड क्वार्टरफाइनलमा


२९ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो लेगमा एट्लेटिको म्याड्रिडसँग पराजित हुनुको बाबजुद रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

दोस्रो चरणको पहिलो लेगमा २-१ ले विजयी रियल दोस्रो लेगमा १-० ले पराजित भएको हो। एग्रिगेटमा २-२ को बराबरी भएको सो खेलमा टाइब्रेकरमा ४-२ ले सफलता पाएको हो।

खेलमा एट्लेटिको म्याड्रिडका जुलियन अल्भारेजको पेनाल्टी नाटकीय रूपले अयोग्य घोषित भएको थियो। जितपछि १६ औँ पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा रहेको रियलले क्वार्टरफाइनलमा आर्सनलको सामना गर्नेछ।

बुधबार भएको दोस्रो लेगमा भने २७ सेकेन्डमा नै कोलान गालाघारले एट्लेटिकोलाई अग्रता दिलाएका थिए। त्यसपछि कुनै पनि गोल हुन सकेन।

टाइब्रेकरमा रियलले सुरुवाती दुई प्रहार गोलमा परिणत गरेको थियो। एट्लेटिकोले पनि पहिलो प्रहारमा गोल गरेको थियो भने दोस्रो प्रहार गर्ने क्रममा अल्भारेज चिप्लिएका थिए। चिप्लिए पनि बल गएर नेट भित्र छिरेको थियो। सुरुमा गोल दिइए पनि भिडियो रिप्लेमा उनले बललाई दुई पटक छोएको देखिएको थियो।

दुवै टोलीले तेस्रो प्रहारलाई गोलमा परिणत गरेका थिए। रियलका लागि चौथो प्रहार गरेको लुकास भार्कयुको बल एट्लेटिकोका गोल रक्षक जान ओबालाकले बचाएका थिए। त्यसपछि एथल्टिकोका मार्कोस लोरेन्टले पनि बारमा प्रहार गरे। रियलका लागि एन्टेनियो रुडिगरले अन्तिम प्रहार गरेका थिए।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ७ : ४७ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको