‘महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध’ | Khabarhub Khabarhub

‘महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध’


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षा तथा उनीहरूको सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

महिलाको स्थितिसम्बन्धी राष्ट्रसङ्घीय आयोगको ६९औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्यूयोर्कमा रहेका मन्त्री सुडीले संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा बुधबार आयोजित मन्त्रिस्तरीय गोलमेच बैठकमा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले महिलालाई राज्यका सबै तहमा अवसर दिने, उनीहरूविरुद्धका हिंसा उन्मूलन गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि कानूनी तथा नीतिगत संरचना बलियो बनाइएको बताए ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार मन्त्री सुडीले नेपाल सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयनका लागि सधैँ तत्पर रहेको, महिला समानता र विकास सुनिश्चित गर्नका साथै  राजनीतिक अधिकार, शासन व्यवस्था, शिक्षा, रोजगारी, स्वास्थ्यलगायत  क्षेत्रमा उनीहरूलाई उच्च प्राथमिकता दिइएको बताए ।

उनले महिलाहरूको लागि संविधानमा धेरै सकारात्मक व्यवस्था गरिएको तथा लैङ्गिक समानता प्रवर्द्धन र महिला सशक्तीकरणप्रति नेपालको दृढ प्रतिबद्धता दोहोर्‍याए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ९ : ४९ बजे

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने