गुरुङ समुदायले ‘मे त्हलें प्रीब पर्व’ मनाउँदै  « Khabarhub

गुरुङ समुदायले ‘मे त्हलें प्रीब पर्व’ मनाउँदै 


२९ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या) पर्व  मनाउँदै छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष वाण चलाउने विद्या प्राप्त गरेको दिनका रुपमा गुरुङ समुदायमा हरेक वर्ष फागुपुर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ ।

यो पर्वमा धनुष वाण, बर्छा, छेलो फाल्ने, कुस्ती खेल खेलेर मनोरञ्जन पनि  गरिन्छ । खुकुरीजस्ता घरेलु हतियारको पूजा गरी खेल सुरु हुन्छ । सिकारीयुगमा धनुष वाणको आवश्यकता र महत्व धेरै थियो ।

आदिमकालमा गुरुङहरूको महागुरुबाट शक्तिबाण (गुरुवाण) प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रूपमा यो पर्व मनाइँदै आएको तमू प्ये ल्हु सङ्घका अध्यक्ष विक्रम गुरुङले बताए ।

चितवनको भरतपुर– ११ नौरङ्गेस्थित क्होइवो परिसरमा आज जिल्लास्तरीय धनुष वाण प्रतियोगिता तथा छलफल कार्यक्रम आयोजना गरी यो पर्व मनाइने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  १० : ५३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया