भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण | Khabarhub Khabarhub

भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भोजपुर– जिल्लाको लेखर्कका किसानलाई नवीनतम तरकारी खेती प्रणाली सम्बन्धी तालिमसँगै कृषि सामग्री हस्तान्तरण गरिएको छ ।

व्यावसायिकसँगै आर्थिक रुपमा सक्षम बनाउने ध्येयले २८ अगुवा किसानलाई नवीनतम तरकारी खेती प्रणालीको विषयमा जानकारीसँगै उपयुक्त प्रविधि हस्तान्तरण गरिएको हो ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)ले, गाउँपालिका तथा वडाको समन्वयमा किसानलाई तरकारी खेती प्रणाली सम्बन्धी ज्ञान दिइएको हो । 

तालिमका सहभागी किसानलाई उन्नत जातको  बीउ बिजन, प्लास्टिक टनेललगायतका कृषि सामग्रीसमेत वितरण गरिएको टेम्केमैयुङ ९ लखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । वडाका तरकारी खेती गरिरहेका किसानलाई नवीनतम खेती प्रणालीको बारेमा ज्ञान प्रदान गर्न तालिम सञ्चालन गरिएको उनको भनाइ छ । किसानलाई अभ्यास गराएर नै खेती प्रणालीको विषयमा जानकारी दिइएको उनले बताए।

‘यहाँका धेरै किसानले तरकारी खेती गरिरहेका छन्’ उनले भने, ‘किसानसँग तरकारी खेती प्रणाली सम्बन्धी जानकारी नहुँदा समस्या थियो । उनीहरूलाई तरकारी खेती प्रणालीको विषयमा ज्ञान दिएर व्यावसायिक बन्न थप प्रोत्साहन गर्न तालिम दिएका हौँ ।’ यहाँका अगुवा किसानलाई पाँच दिने कार्यक्रम सञ्चालन गरेर तरकारी खेती प्रणालीको विषयमा व्यवहारिक ज्ञान दिएको हो ।

किसानलाई तरकारी तथा नगदेबालीको माध्यमबाट आर्थिक रुपमा सक्षम बनाउन गाउँपालिकाले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिए ।

टेम्केमैयुङ गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकोले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम  भइरहेको उपाध्यक्ष राईको भनाइ छ । गाउँपालिकाले यहाँको भूगोल तथा माटो सुहाउँदो तरकारी तथा नगदेबालीको खेतीमा प्रोत्साहन कार्यक्रमसमेत सञ्चालन गरिरहेको उपाध्यक्ष राईले जानकारी दिइन् ।

‘हामीले किसानलाई तरकारी तथा नगदेबालीको व्यावसायिक खेतीमा लाग्न प्रोत्साहन गरिरहेका छौँ’ उनले भनिन्,’गाउँपालिकाले प्राथमिकताका साथ कृषि र पर्यटनमा लगानी गरिरहेको छ । कृषकलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न सीपमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ ।’

किसानलाई नगदे तथा व्यावसायिक तरकारी खेतीसँगै बाख्रापालन, कुखुरापालन, बंगुरपालन, मौरीपालन,जडीबुटी खेती, सुन्तला, कागती खेती लाग्न आवश्यक सहयोगसँगै सीप प्रदान गरिरहेको उपाध्यक्ष राईले बताइन्। 

परम्परागत रुपमा तरकारी खेती गर्दै आएको भएपनि तालिमबाट आधुनिक खेती प्रणालीको विषयमा जानकारी पाएको किसानहरूको भनाइ छ । तालिमसँगै कृषि सामग्री पनि पाएकाले भावी दिनमा व्यावसायिक रुपमा तरकारी खेती गर्न सहजता थपिएको स्थानीय किसान सत्यदेवी राईले बताइन् । तालिमका क्रममा तरकारी खेती प्रविधिसँगै रोग, किरा तथा उपचार पद्धतिको विषयमासमेत जानकारी लिन पाएको उनले बताइन् ।

‘परम्परागत रुपमा तरकारी खेती गर्दै आएकी थिएँ’ उनले भने, ‘आधुनिक तरकारी खेती प्रविधिको जानकारी नहुँदा धेरै समस्या थियो । तालिममा सहभागी भएर खेती प्रविधिसँगै तरकारीमा लाग्ने रोक, कीरा तथा त्यसको उपचार पद्धतिको विषयमा समेत ज्ञान पाएँ । यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै अबका दिनमा तरकारी खेतीलाई थप विस्तार गर्ने सोच बनाएकी छु ।’

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  १ : २४ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले