सेनाको बर्दीमै युद्धग्रस्त कुर्स्क क्षेत्र पुगे राष्ट्रपति पुटिन | Khabarhub Khabarhub

सेनाको बर्दीमै युद्धग्रस्त कुर्स्क क्षेत्र पुगे राष्ट्रपति पुटिन

युक्रेनसँगको युद्धविराम शर्त पालना नगर्ने संकेत


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धग्रस्त कुर्स्क क्षेत्रको भ्रमण गरेका छन् । सेनाको बर्दीमै देखिएका पुटिनको यस भ्रमणलाई अमेरिकाले युक्रेनसँग गरेको युद्धविरामको सहमति नमानेको अर्थमा हेरिएको छ ।

पुटिनले अमेरिका र युक्रेनबीच युद्धविराम गर्ने सहमति भएको केही घण्टापछि नै कुर्स्क क्षेत्रमा सेनाको बर्दी पहिरिएर भ्रमण गरेका थिए ।

युक्रेनले गत अगस्टमा रूसको कुर्स्क क्षेत्रमा कब्जा गरेको कम्तिमा ९० प्रतिशत क्षेत्र गुमाएको छ ।

ठूलो संख्यामा रूसी र उत्तर कोरियाली पैदल सेनाले यहाँको भूभागबाट युक्रेनी सेनालाई लखेटेको छ । यस क्षेत्रमा रूसी सेनाले ठूलो संख्यामा विस्फोटकले भरिएका ड्रोनहरू प्रयोग गरिरहेका छन् ।

रूसले अमेरिकाको मध्यस्थतामा गरेको युद्धविरामका सर्तहरू स्वीकार गर्छ कि गर्दैन भनेर हेरिरहेको छ । यस्तोमा पुटिनको भ्रमणले थप अन्योलता बढाएको छ ।

एकातिर युक्रेन युद्धको अन्त्यका लागि अमेरिकी प्रतिनिधिमण्डल युक्रेनसँगको वार्ताको सन्देश लिएर मस्को पुग्ने क्रममा छन् । अर्कोतिर अमेरिकाले वार्तापछि यसअघि युक्रेनलाई रोकेका सैन्य सहयोगलाई निरन्तरता दिन दिएको छ ।

त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको प्रस्तावलाई रुसले अस्वीकार गरेमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइरहेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  १ : १४ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार