सर्वोच्चको फैसलापछि तोसिमाले लेखिन् : सत्यको जित भयो  « Khabarhub

सर्वोच्चको फैसलापछि तोसिमाले लेखिन् : सत्यको जित भयो 


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा. तोसिमा कार्कीले सत्यको जित भएको बताएकी छन् । उनले आफ्नो पक्षमा फैसला आएपछि सामाजिक सञ्जालमा यस्तो लेखेकी हुन् । 

प्रतिनिधि सभा सदस्यमा उनको उम्मेदवारी खारेजीसम्बन्ध निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । 

उनले आफ्नो जित सँगसँगै लाभको पदको परिभाषा पनि स्थापित भएको दाबी गरेकी छन् । 

कार्कीले सञ्जालमा लेखेकी छन्, ‘अन्ततः सत्यको जित भएको छ । यो जित सँगसँगै लाभको पदको परिभाषा पनि स्थापित भएको छ ।’

 यस्तो छ उनको स्टाटस

अन्ततः सत्यको जित भएको छ। यो जित सँगसँगै लाभको पदको परिभाषा पनि स्थापित भएको छ। उम्मेदवारमाथि विरोध दाबी गर्ने म्याच सकिसकेपछि पनि विपक्षीले हालेको उजुरीमाथि टेकेर म चुनावी प्रचारप्रसारमा भइरहेको बखत निर्वाचन आयोगले मेरो उम्मेदवारी खारेज गरेको थियो। न्यायको लागि म सर्वोच्च पुगे।

सर्वोच्चले स्टे अर्डर मार्फत मेरो उम्मेदवारी कायम गरिदियो। त्यसको विरोधमा निर्वाचन आयोग पुन सर्वोच्च पुगेर मेरो उम्मेदवारी खारेज नै हुनुपर्छ भन्ने दाबी राख्यो। निरन्तर दुई वर्ष को लडाई, पेशी र सुनवाई पछि हिजो मिति २०८१-११-२७ मा बसेको न्यायाधीशहरू डाक्टर मनोज कुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णय बदर गरी म संघीय संसद् पदको उम्मेदवारको लागि योग्य ठहर रहेको अन्तिम फैसला सुनाएको छ।  सुरुवाती दिनदेखि नै नयाँ युवा राजनीतिमा आउन खोज्दा रोक्न छेक्न खोजिएकोमा अन्तत अदालतले स्थापित गरेको छ। हामीलाई अदालत माथि विश्वास थियो‌ र यस सँगै हाम्रो न्याय प्रणाली माथिको विश्वास झन बलियो भएको छ। 

यो जित व्यक्तिगत मात्र उपलब्धि नभई ,मेरा सबै मतदाताको‌ हो। यस न्यायिक लडाईमा मलाइ निरन्तर साथ दिनुहुने अधिवक्ताहरू आदरणीय भिमार्जुन आचार्य ज्यू,‌ ओम अर्याल ज्यू, ललित बस्नेत ज्यू, सुरेन्द्र भण्डारी ज्यू लगायत मेरा परिवार, मतदाताहरू, राष्ट्रिय स्वतन्त्र पार्टी साथै सम्पूर्ण चिन्तकहरूलाई धन्यवाद दिन चाहन्छु। भ्रष्टाचार र वेथितीले‌ थङथिलो बनाइएको देशको राजनीतिलाई सङल्याउन हामी जस्तो युवाको भूमिकामा थप जिम्मेवारीबोध गरेको छु। सबैमा सहृदय धन्यवाद। 

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  १ : ३२ बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित