होलीमा उपत्यकाका चोकचोकमा चेकजाँच, ड्रोनबाट पनि निगरानी बढाइयो « Khabarhub

होलीमा उपत्यकाका चोकचोकमा चेकजाँच, ड्रोनबाट पनि निगरानी बढाइयो


२९ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकासहित देशका पहाडी जिल्लामा होली मनाइरहेका बेला ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

चेकजाँच र निगरानीका लागि २ हजार ७ सय बढी प्रहरी खटाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

होली पर्वको अवसरमा उच्छृंखल गतिविधि गर्ने, जथाभावी लोला हान्ने, मादक पदार्थ पिएर सवारीसाधन चलाउने लगायत गतिविधि नियन्त्रण गर्न प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

होली मनाउन एक ठाउँबाट अर्को ठाउँमा गइरहेका सवारी चालकहरूलाई लक्षित गरी ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतमा चेकिङ पोष्ट राखिएको छ ।

होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० भन्दाबढी स्थानमा चेक जाँच गर्न टोली खटाएको छ ।

होली कार्यक्रम स्थल र अन्य सार्वजनिक स्थलमा सीटीभी र ड्रोनबाट पनि निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  १ : ३५ बजे

कुलेखानी जलाशय भरिँदै, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध

हेटौँडा– लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका

अविरल वर्षाले जनजीवन प्रभावित

काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक