स्ववियु निर्वाचनपछि अभियानमा फर्किँदै माओवादी  « Khabarhub

स्ववियु निर्वाचनपछि अभियानमा फर्किँदै माओवादी 


२९ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्ववियु निर्वाचनपछि अभियानमा फर्कने माओवादीको तयारी काठमाडौं–नेकपा माओवादी केन्द्र ‘तराई–मधेश जागरण अभियान’मा स्ववियु निर्वाचनपछि फर्कने भएको छ । 

फागुन २५ गते काठमाडौंमा राजावादीहरूले सडक आन्दोलन गर्ने सूचना  पाएपछि अभियान रोकेर काठमाडौं फिर्ता भएका नेताहरू स्ववियु निर्वाचनपछि  अभियानमा  फर्कन लागेका हुन् ।  

‘तराई–मधेस जागरण अभियान’का क्रममा रौतहटको कार्यक्रम सकेर उनीहरू काठमाडौं फिर्ता भएका थिए । पार्टी महासचिव देव गुरुङका अनुसार अब रोकिएको स्थानबाट कार्यक्रमले निरन्तरता पाउने छ । माओवादीले आफ्नो शक्ति विस्तार गर्न ०८४ लक्षित अभियान गरिरहेको छ  । 

‘स्ववियु निर्वाचनपछि अभियानमा फर्कने भनेका छौँ । निर्णय भएको छैन ।’ महासचिव गुरुङले खबरहबलाई भने, ‘पुनः निर्धारित कार्यक्रम अनुसार कञ्चनपुरसम्म नै पुगेर मिसन पुरा गर्ने छौँ ।’ 

०७९ को निर्वाचनपछि ०८० भदौ १७ देखि चार महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ चलाइएको थियो । त्यसपछि विधान सम्मेलन गरेको थियो । 

तराई–मधेस जागरण अभियान सकेपछि पुनः २०८२ वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने माओवादीको कार्यक्रम छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  २ : ०७ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित