उपत्यकासहित देशभरका सात वटा सहर अस्वस्थकर « Khabarhub

उपत्यकासहित देशभरका सात वटा सहर अस्वस्थकर


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकासहित देशभरका सात वटा सहर आज अस्वस्थकर बनेका छन् । 

वायु प्रदूषणको तह बढेसँगै काठमाडौंको शंखपार्क, रत्नपार्क, ललितपुरको भैसैपार्टी, भक्तपुरको सल्लाघारी, धनकुटा र चितवनको भरतपुर अस्वस्थकरको सूचीमा परेका हुन् । 

वातावरण विभागका अनुसार आज बिहान खुमलटार सर्वाधिक प्रदूषित बनेको छ । बिहान ११ बजे खुमलटारको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १७२ रहेको वातावरण विभागको तथ्यांक छ ।

सोही समयमा शंखपार्कको एक्यूआई १७० र रत्नपार्कको १६३ पुगेको छ । ललितपुरको भैँसेपाटी र भक्तपुर सल्लाघारीको एक्यूआई क्रमशः १६६ र १६४ छ । उपत्यकाबाहिर धनकुटाको १५२ र चितवनको भरतपुरको एक्यूआई १५१ पुगेको छ । यीबाहेक अरू सहरमा एक्यूआई १५० भन्दा कम छ । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ भने २०१ देखि ३०० सम्म पुगेमा अति अस्वस्थकर र त्योभन्दा माथि भएमा खतरनाक हुन्छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  १ : ५८ बजे

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग