नारायणकाजीले भने- ओली सरकार अलोकप्रिय हुँदा राजावादी सक्रिय हुन थाले « Khabarhub

नारायणकाजीले भने- ओली सरकार अलोकप्रिय हुँदा राजावादी सक्रिय हुन थाले


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेस र नेकपा एमालेको सरकारले अलोकप्रिय काम गरेकै कारण राजावादी सक्रिय भएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल दोलखा जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा उनले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमा मात्रै लिप्त भएको पनि आरोप लगाए ।

गणतान्त्रिक व्यवस्थालाई चुनौती दिन खोजिएको भन्दै माओवादीले त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी उनले दिए । प्रतिगामी शक्तिविरुद्ध सडकबाटै जवाफ दिनेगरि पार्टीले छलफल थालेको जानकारी उनले दिए ।

‘अहिले लोकतान्त्रिक उपलब्धिलाई खोस्ने वा अपहरण गर्ने प्रवृत्ति निर्णायक बिन्दुमा पुगिसकेको ठानेर अभियान स्थगित गरेका हौँ। त्यो प्रयत्न पहिलेभन्दा सुनियोजित र व्यवस्थित रूपमा बढिरहेको हाम्रो निष्कर्ष हो’, उनले भने, ‘त्यसैले हामीले सांसद्‍भित्रको भूमिका प्रभावकारी बनाउनुपर्‍यो । राष्ट्रिय राजनीतिको हस्तक्षेपलाई पनि हामीले केन्द्रबाट अगाडि बढाउनुपर्छ भनेर केही दिन कार्यक्रम फेरेको हो । अब अभियानलाई निरन्तरता दिन्छौँ ।’

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ३ : ३० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह