नारायणकाजीले भने- ओली सरकार अलोकप्रिय हुँदा राजावादी सक्रिय हुन थाले | Khabarhub Khabarhub

नारायणकाजीले भने- ओली सरकार अलोकप्रिय हुँदा राजावादी सक्रिय हुन थाले


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेस र नेकपा एमालेको सरकारले अलोकप्रिय काम गरेकै कारण राजावादी सक्रिय भएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल दोलखा जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा उनले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमा मात्रै लिप्त भएको पनि आरोप लगाए ।

गणतान्त्रिक व्यवस्थालाई चुनौती दिन खोजिएको भन्दै माओवादीले त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी उनले दिए । प्रतिगामी शक्तिविरुद्ध सडकबाटै जवाफ दिनेगरि पार्टीले छलफल थालेको जानकारी उनले दिए ।

‘अहिले लोकतान्त्रिक उपलब्धिलाई खोस्ने वा अपहरण गर्ने प्रवृत्ति निर्णायक बिन्दुमा पुगिसकेको ठानेर अभियान स्थगित गरेका हौँ। त्यो प्रयत्न पहिलेभन्दा सुनियोजित र व्यवस्थित रूपमा बढिरहेको हाम्रो निष्कर्ष हो’, उनले भने, ‘त्यसैले हामीले सांसद्‍भित्रको भूमिका प्रभावकारी बनाउनुपर्‍यो । राष्ट्रिय राजनीतिको हस्तक्षेपलाई पनि हामीले केन्द्रबाट अगाडि बढाउनुपर्छ भनेर केही दिन कार्यक्रम फेरेको हो । अब अभियानलाई निरन्तरता दिन्छौँ ।’

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ३ : ३० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका