काठमाडौं– अघिल्लो साता सोमबारबाट निरन्तर घटेको शेयर बजारले यो साताको मंगलबारसम्म ओरालो यात्रा कायमै राख्यो । चार दिन मात्रै कारोबार हुँदा साताको अन्तिम दिन बुधबार बजारमा हरियाली छायो ।
एकदिन मात्रै हरियाली छाउँदा पनि सातामा समग्र ८१.९५ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घट्यो । ४ दिनमात्रै कारोबार हुँदा समग्रमा नेप्से दैनिक औसत २०.४८ अंकले घटेको छ ।
अघिल्लो साताको बिहीबार २८१८.४३ विन्दुमा रहेको नेप्से परिसूचक यो साता बुधबारसम्म आइपुग्दा घटेर २७३६.४८ विन्दुमा आयो । बिहीबार होलीका कारण बजार बन्द हुँदा बुधबार नै अन्तिम कारोबार भएको हो । ४ दिन मात्रै नेप्से कारोबार हुँदा २.९२ प्रतिशतले बजार घट्न गयो ।
यो साता ३५ अर्ब ९ करोड ८१ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औसतमा ८ अर्ब ७७ करोड ४५ लाख ३२ हजार रुपैयाँको किनबेच भयो ।
सातामा ७ करोड ६३ लाख २२ हजार २४६ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा १ करोड ९० लाख ९० हजार ५६१ कित्ता शेयर किनबेच भएको छ ।
४ दिनको अवधिमा ३ लाख ७० हजार ७७० पटक शेयर किनबेच हुँदा दैनिक औसतमा ९२ हजार ६९२ पटक शेयर कारोबार भएको छ ।
कुन दिन कस्तो थियो बजार ?
यो साताको आइतबर नेप्से उच्च अंकले घटेर बन्द भएको थियो । आइतबार नेप्से एकै दिन ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा पुगेको थियो । आइतबार नेप्से १.६४ प्रतिशतले घट्दा बजारमा ५५ अंकको उतारचढाव आएको थियो ।
उक्त दिन परिसूचक उच्चतम् २८१९.९२ विन्दु र न्यूनतम २७६६.०८ विन्दुमा पुग्यो ।
आइतबार नेप्से घट्ता पनि कारोबार भने सामान्य थियो । आइतबार १० अर्ब ९ करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर १ लाख १२ हजार ३४७ पटक किनबेच भयो । उक्त दिन बजार अवधिभर ३१५ वटा कम्पनी कारोबारमा आए ।
बजारको घट्नेक्रम सोमबार पनि कायमनै थियो । सोमबार नेप्सेमा ५४ अंकको उतारचढाव देखिँदा बजार बन्द हुँदा निराश बनाएको थियो ।
सोमबार नेप्से २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा पुगेको थियो । त्यस दिन नेप्से ०.७४ प्रतिशतले घट्दा परिसूचक उच्चतम् २७९१ विन्दु र न्यूनतम २७४३.६५ विन्दुमा पुग्यो ।
सातामा दुई दिन नेप्से लगातार घटेपछि कारोबार रकममा पनि गिरावट आएको थियो । सोमबार ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर ८७ हजार १५६ पटक किनबेच भएको थियो । उक्त दिनभर ३११ वटा मात्रै कम्पनी कारोबारमा आए ।
बजारको ओरालो यात्रा तेस्रो दिन पनि कायम रह्यो । मंगलबार पनि नेप्से ३२.२१ अंकले घट्यो । उक्त दिन नेप्से १.१७ प्रतिशतले घट्दा बजारमा ५० अंकको उतारचढाव देखियो ।
मंगलबार नेप्से बन्द हुँदा परिसूचक २७१९.२० विन्दु कायम भएको थियो । उक्त दिन परिसूचक उच्चतम २७६२.२५ विन्दु र न्यूनतम २७१२.७४ विन्दुमा पुगेको थियो ।
कारोबारका हिसावले पनि मंगलबार सामान्यन नै थियो । मंगलबार ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख ५९ हजार ५८३ कित्ता शेयर ९२ हजार ३१ पटक किनबेच भयो । उक्त दिन ३०३ वटा कम्पनी मात्र कारोबारमा आयो ।
लगातार ३ दिन घटेको बजार बुधबार बढ्दा १० दिनपछि नेप्सेमा हरियाली देखियो । बुधबार नेप्से १७.२८ अंकले बढेर २७३६.४८ विन्दुमा पुगेको थियो ।
उक्त दिन नेप्से ०.६३ प्रतिशतले बढ्दा बजारमा ४८ अंकको उतारचढाव देखियो । बुधबार नेप्से परिसूचक उच्चतम् २७४५.५८ विन्दु र नयूनतम २७१७.२९ विन्दुसम्म पुग्यो ।
बुधबार नेप्से बढ्दा पनि कारोबार सामान्य देखियो । उक्त दिन ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार रुपैयाँ बरबरको २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता शेयर ७९ हजार २३६ पटक किनबेच भयो । बुधबार कारोबार अवधिभर ३२३ पटक शेयर किनबेच भयो ।
पढ्न लाग्ने समय : 2 मिनेट
प्रतिक्रिया