साताको शेयर : चार दिन कारोबार हुँदा ८१ ओरालो, ३५ अर्बको किनबेच « Khabarhub

साताको शेयर : चार दिन कारोबार हुँदा ८१ ओरालो, ३५ अर्बको किनबेच


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो साता सोमबारबाट निरन्तर घटेको शेयर बजारले यो साताको मंगलबारसम्म ओरालो यात्रा कायमै राख्यो । चार दिन मात्रै कारोबार हुँदा साताको अन्तिम दिन बुधबार बजारमा हरियाली छायो ।

एकदिन मात्रै हरियाली छाउँदा पनि सातामा समग्र ८१.९५ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घट्यो । ४ दिनमात्रै कारोबार हुँदा समग्रमा नेप्से दैनिक औसत २०.४८ अंकले घटेको छ ।

अघिल्लो साताको बिहीबार २८१८.४३ विन्दुमा रहेको नेप्से परिसूचक यो साता बुधबारसम्म आइपुग्दा घटेर २७३६.४८ विन्दुमा आयो । बिहीबार होलीका कारण बजार बन्द हुँदा बुधबार नै अन्तिम कारोबार भएको हो । ४ दिन मात्रै नेप्से कारोबार हुँदा २.९२ प्रतिशतले बजार घट्न गयो ।

यो साता ३५ अर्ब ९ करोड ८१ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औसतमा ८ अर्ब ७७ करोड ४५ लाख ३२ हजार रुपैयाँको किनबेच भयो ।

सातामा ७ करोड ६३ लाख २२ हजार २४६ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा १ करोड ९० लाख ९० हजार ५६१ कित्ता शेयर किनबेच भएको छ ।

४ दिनको अवधिमा ३ लाख ७० हजार ७७० पटक शेयर किनबेच हुँदा दैनिक औसतमा ९२ हजार ६९२ पटक शेयर कारोबार भएको छ ।

कुन दिन कस्तो थियो बजार ?

यो साताको आइतबर नेप्से उच्च अंकले घटेर बन्द भएको थियो । आइतबार नेप्से एकै दिन ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा पुगेको थियो । आइतबार नेप्से १.६४ प्रतिशतले घट्दा बजारमा ५५ अंकको उतारचढाव आएको थियो ।

उक्त दिन परिसूचक उच्चतम् २८१९.९२ विन्दु र न्यूनतम २७६६.०८ विन्दुमा पुग्यो ।

आइतबार नेप्से घट्ता पनि कारोबार भने सामान्य थियो । आइतबार १० अर्ब ९ करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर १ लाख १२ हजार ३४७ पटक किनबेच भयो । उक्त दिन बजार अवधिभर ३१५ वटा कम्पनी कारोबारमा आए ।

बजारको घट्नेक्रम सोमबार पनि कायमनै थियो । सोमबार नेप्सेमा ५४ अंकको उतारचढाव देखिँदा बजार बन्द हुँदा निराश बनाएको थियो ।

सोमबार नेप्से २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा पुगेको थियो । त्यस दिन नेप्से ०.७४ प्रतिशतले घट्दा परिसूचक उच्चतम् २७९१ विन्दु र न्यूनतम २७४३.६५ विन्दुमा पुग्यो ।

सातामा दुई दिन नेप्से लगातार घटेपछि कारोबार रकममा पनि गिरावट आएको थियो । सोमबार ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर ८७ हजार १५६ पटक किनबेच भएको थियो । उक्त दिनभर ३११ वटा मात्रै कम्पनी कारोबारमा आए ।

बजारको ओरालो यात्रा तेस्रो दिन पनि कायम रह्यो । मंगलबार पनि नेप्से ३२.२१ अंकले घट्यो । उक्त दिन नेप्से १.१७ प्रतिशतले घट्दा बजारमा ५० अंकको उतारचढाव देखियो ।

मंगलबार नेप्से बन्द हुँदा परिसूचक २७१९.२० विन्दु कायम भएको थियो । उक्त दिन परिसूचक उच्चतम २७६२.२५ विन्दु र न्यूनतम २७१२.७४ विन्दुमा पुगेको थियो ।

कारोबारका हिसावले पनि मंगलबार सामान्यन नै थियो । मंगलबार ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख ५९ हजार ५८३ कित्ता शेयर ९२ हजार ३१ पटक किनबेच भयो । उक्त दिन ३०३ वटा कम्पनी मात्र कारोबारमा आयो ।

लगातार ३ दिन घटेको बजार बुधबार बढ्दा १० दिनपछि नेप्सेमा हरियाली देखियो । बुधबार नेप्से १७.२८ अंकले बढेर २७३६.४८ विन्दुमा पुगेको थियो ।

उक्त दिन नेप्से ०.६३ प्रतिशतले बढ्दा बजारमा ४८ अंकको उतारचढाव देखियो । बुधबार नेप्से परिसूचक उच्चतम् २७४५.५८ विन्दु र नयूनतम २७१७.२९ विन्दुसम्म पुग्यो ।

बुधबार नेप्से बढ्दा पनि कारोबार सामान्य देखियो । उक्त दिन ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार रुपैयाँ बरबरको २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता शेयर ७९ हजार २३६ पटक किनबेच भयो । बुधबार कारोबार अवधिभर ३२३ पटक शेयर किनबेच भयो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ६ : १९ बजे

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य

प्रधानमन्त्रीको तर्क : सबैले विद्युतीय चुल्होमा खाना पकाउँदा क्षमताले धान्दैन, ट्रान्सफर्मर पड्किन्छन्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिलेकै अवस्थामा देशलाई विद्युतीय युगमा लैजान

ऐन महर र ध्रुव राईप्रति सभामुखले भने- मर्यादा नमिच्नुस्

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसद ध्रुव

५ प्रतिशत भ्याट ट्रान्सफर्मर, ट्रान्समिसन लाइन र सबस्टेसन अपग्रेड गर्न हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बजेटमार्फत विद्युत् उपभोगमा लगाइएको ५