ऊर्जा मन्त्रालयले भन्यो- भारतसँग विद्युतको नयाँ दररेट कायम गर्न कुलमानले छलफल गरेका छैनन् « Khabarhub

ऊर्जा मन्त्रालयले भन्यो- भारतसँग विद्युतको नयाँ दररेट कायम गर्न कुलमानले छलफल गरेका छैनन्


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भारतबाट आयात हुने विद्युत्‍मा नयाँ दररेट कायम गर्ने विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल नभएको जनाएको छ।

मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भारतबाट आयात गरिने विद्युत्‍मा सन् २०२५/२६ का लागि नयाँ दर कायम गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मन्त्री र सचिवहरूसँग म्यान्डेट नलिएको जनाएको हो ।

यसअघि प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र सचिव सुरेश आचार्य त्यही समयमा भारत भ्रमणमा रहेको बेला दुवै जनासँग छलफल गरी नयाँ दर तय गर्ने विषयमा म्यान्डेट लिइएको थियो’, भनेर गरिएको दाबी प्रमाणहीन, कपोकल्पित र भ्रामक भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सन् २०२५/२६ का लागि विद्युत आयात गर्दा ०२४/२५ को तुलनामा १.५ प्रतिशतले मूल्यवृद्धि गर्ने सहमति भएको अनौपचारिक जानकारी प्राप्त भएको भन्दै त्यसबारे ध्यानाकर्षण भएको जनाएको छ ।

यसका साथै मन्त्रालयले मन्त्री, सचिव र प्राधिकरणका कार्यकारी निर्देशक भारत भ्रमण रहेकै बेला कुलमानले कुनै स्वीकृति नलिएको भन्दै पदीय मर्यादाका हिसाबले उनले गम्भीर अशोभनीय काम गरेको जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ५ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै