बझाङको सुनकुडा क्याम्पसमा कांग्रेस र समाजवादीका विद्यार्थीको ताला « Khabarhub

बझाङको सुनकुडा क्याम्पसमा कांग्रेस र समाजवादीका विद्यार्थीको ताला


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङको सुनकुडा क्याम्पसमा तालाबन्दी भएको छ । नेपाली कांग्रेसनकिट नेपाल विद्यार्थी संघ (नेविसंघ) र विप्लव नेतृत्वको नेकपा निकट अखिल समाजवादीले बिहीबार क्याम्पसमा तालबन्दी गरेका हुन् ।

निर्वाचन अधिकृत हिक्मतबहादुर स्याडाको एकल निर्णयका कारण तालाबन्दी गर्न बाध्य भएको दुवै संगठनले जनाएका छन् । तालाबन्दी गरेका संगठनले निर्वाचन अधिकृत स्याडाको राजीनामा मागेका छन् ।

उनीहरूले समानुपातिकतर्फ दर्ता भएका ५ संगठनको छुट्टाछुट्टै उम्मेदवारी पेश गर्नुपर्ने भए पनि निर्वाचन अधिकृतले पूर्वाग्रह राखेर ३ संगठनको संयुक्त प्यानललाई समानुपातिकतर्फ उम्मेदवारी दिन लगाएर नामावली प्रकाशन गरेको आरोप लगाएका छन् ।

निर्वाचन निर्देशिकाबमोजिम संगठन दर्ता गरेर पाँच विद्यार्थी संगठनहरूमध्ये फागुन २७ गते तीन संगठनको प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ६ : १५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले