पर्साको बालसुधार गृहमा मनाइयो होली « Khabarhub

पर्साको बालसुधार गृहमा मनाइयो होली


२९ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– बालसुधार गृहमा रहेका १२६ बालबालिकासँग खानपान तथा सांस्कृतिक कार्यक्रम गरी होली पर्व मनाइएको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बालसुधार गृहमा बसेका बालबालिकालाई होली पर्वको दिनमा खुसियाली दिलाउनका लागि होली विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिए । 

‘बाल सुधारगृहमा बालबालिकाले पनि होली मनाउन सकुन भन्ने उद्देश्यले होली मिलन कार्यक्रम आयोजना गरिएको हो’, उनले भने, ‘बालबालिकालाई अबिर लगाउनुका साथै मिष्ठान्न परिकार खुवाएका हौँ, होली मनाउन पाउँदा उनीहरू निकै हर्षित देखिन्थे ।’

उनले होलीले त्यहाँ रहेका बालबालिकालाई आत्मबल बढाउन र सुधारको बाटोमा अघि बढ्न प्रेरित गर्नेमा विश्वास व्यक्त गरे । 

‘बालसुधार गृहमा बसेर पनि जीवनमा धेरै काम गर्न सकिन्छ, म त्यहाँ रहेका बालबालिकालाई सिर्जनात्मक बन्न आह्वान गर्दछु, जिन्दगी जिउने कला सिकेर सकारात्मक बाटोमा अघि बढ्नका लागि अनुरोध गर्दछु’, उनले भने । कार्यक्रममा बालबालिकाले गीत, कविता मुक्तक वाचन गरेका थिए । 

त्यस अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरूको उपस्थिति थियो । बालबालिकालाई व्यवसायी रोशन गुप्ताले भोजन गराएका थिए । 

अबिर र फूलको वृष्टि गरेर मनाइयो होली

आजै वीरगञ्जको गहवामाई मन्दिर परिसरमा आज अबिर र पुष्पवृष्टि गरी पहाडी र तराई–मधेसका समुदायका युवाले होली मनाएका हुन् । 

गहवामाई तीर्थ विकास समितिले आयोजना गरेको ब्रजको होलीमा दुवै समुदायका युवाहरूले एकआपसमा शुभकामना साट्टासाट गर्दै सौहार्दपूर्ण ढङ्गले होली मनाए । 

‘फूल र अबिरको वर्षात् गरेर होली मनाएको दृश्य निकै रमणीय देखिन्थ्यो’, सामाजिक अभियन्ता प्रकाश थारुले भने, ‘मधेस आन्दोलनले पहाडी र तराईका समुदायबीच विभाजनको रेखा कोर्न खोजेपनि यहाँका दुवै समुदायले पुरानै सुमधुर सम्बन्धलाई बचाउँदै होली मनाउनुभएको छ ।’  

फागु पूर्णिमाको दिन पहाडी  जिल्लामा होली मनाउने चलन छ  भने तराई–मधेसमा भने त्यसको भोलिपल्ट मनाउने गरिन्छ । 

‘वीरगञ्जमा विभिन्न समुदायको बसोबास रहेकाले दुई दिन नै होली मनाउने गरिन्छ’, उनले भने, ‘यहाँ मारवाडी समुदायले आफ्नै किसिमका हुन्छन् । पहाडी र मधेसी समुदायले आफ्नै शैलीले होली मनाउँदै आएका छन्, होलीका कारण दुवै समुदायमा भातृत्व विकास भइरहेको छ ।’

पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ज्ञान बाटिका माविको परिसरमा युवा अभियान मधेस प्रदेशले विद्यालयको पर्खाल रङ्गाएर होली पर्व मनाएका छन् । 

युवा अभियान मधेस प्रदेशका अध्यक्ष गङ्गा श्रेष्ठले होलीलाई अनावश्यक तडकभडक ढङ्गले मनाउनुभन्दा रचनात्मक ढङ्गले विद्यालयको पर्खाल रङ्गाएर मनाएको बताए । 

प्रदेशसभा सदस्य शङ्कर चौधरीले युवाहरूले विद्यालयको पर्खाल रङ्गरोगन गर्ने काम प्रशंसनीय रहेको बताए। ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले पालिकाले शिक्षाको विकास र प्रवर्द्धनका लागि काम गर्दै आइरहेको उल्लेख गरे । 

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ७ : १७ बजे

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले