पर्सामा आइतबार दिउँसो १२ बजेसम्म ‘कर्फ्यू’ « Khabarhub

पर्सामा आइतबार दिउँसो १२ बजेसम्म ‘कर्फ्यू’


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा शनिबार तनाव बढेसँगै जारी भएको ‘कर्फ्यू’ आदेश आइतबार दिउँसो १२ बजेसम्म जारी गरेको छ।

वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि शनिबार साँझ साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि कर्फ्यू आदेश जारी गरिएको बताएका हुन्।

कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको छ। जसअनुसार पूर्वः भेडियाही चौक- वीरगञ्ज महानगरपालिका-१५, पश्चिमः सिर्सिया पुल-वीरगञ्ज महानगरपालिका-२५ सम्म कफ्र्यू आदेश जारी गरिएको हो। यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका-१४ सम्म कर्फ्यू आदेश जारी गरेको छ।

यसैगरी, दक्षिणतर्फ शङ्कराचार्य गेट- वीरगञ्ज महानगरपालिका-१६ सम्म कर्फ्यू आदेश कायम रहने प्रशासनले जनाएको छ। यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ६ : ०८ बजे

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी